close

गाउँपालिकाले माग्यो विदेशी पेन्सन खानेको तीनपुस्ते विवरण 

गाउँपालिकाले माग्यो विदेशी पेन्सन खानेको तीनपुस्ते विवरण 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले विदेशी नियोगबाट नियमित रूपमा पेन्सन सुविधा लिइरहेका लाभग्रहीलाई फोटोसहितको तीनपुस्ते विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । 


गाउँपालिकाको वडा नम्बर १ निघुरादिनले पत्र जारी गर्दै विगतमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर बीचमा विभागको पत्रअनुसार लगत कट्टा गरिएका लाभग्रहीलाइ फोटो र तीनपुस्ते विवरण उपलब्ध गराउन भनेको हो ।


वडा सचिव इन्द्र बजगाईंका अनुसार पञ्जीकरण विभागबाट संशोधित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएपछि विदेशी नियोगबाट नियमित रूपमा पेन्सन सुविधा लिइरहेका लाभग्रहीले पनि यस्तो विवरण उपलब्ध गराउनुपर्ने भएको हो ।


२ फागुनभित्र लाभग्रही स्वयं उपस्थित भएर यस्तो विवरण गाउँ कार्यपालिका र वडापालिकामा उपलब्ध गराउनसमेत आठराई त्रिवेणीले पालिकाभित्रका लाभग्रहीलाई परिपत्र गरेको हो ।