close

घुम्ती बुथ ट्रेसिङमार्फत स्वाब संकलन गर्दै उपत्यकाका स्थानीय तह 

घुम्ती बुथ ट्रेसिङमार्फत स्वाब संकलन गर्दै उपत्यकाका स्थानीय तह 

Trulli
ADVERTISEMENT

काठमाडौं - उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ सञ्चालन ल्याएका छन् । 


कोरोना भाइ संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन सुरु गरेको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए । 


बुथ सञ्चालनका लागि नेपाली सेनाको वीर दल गण सूर्यविनायकले नगरपालिकाको टिपर ‘मोडिफाइ’ गरेको छ । उक्त टिपर नगरको १० वटै वडाको जोखिमयुक्त क्षेत्रमा पु¥याएर स्वास्थ्यकर्मीले स्वब संकलन गर्ने गरेका छन् । 


सोमबासम्म नगरक्षेत्रभित्र कन्ट्याक्ट ट्रेसिङमा परेका ९ सय ६४ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । 


चाँगुनारायण नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाको संख्याका आधारमा पीसीआर गराएको छ । थोरैको स्वाब परीक्षण गर्नुपरे नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्समा राखेर अस्पतालमा लगेर गरिने र धेरैको गर्नुपरेका सम्बन्धित स्थानमै स्वास्थ्यकर्मी लगेर स्वाब संकलन गर्ने गरिएको नगरप्रमुख सोमप्रसा मिश्रले जानकारी दिए । 


मध्यपुर थिमि नगरपालिकाले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूलाई अस्पता बोलाएर पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार १ भदौदेखि सोमबारसम्म ३ हजार जनाको स्वाब संकलन भएको र जसमध्ये ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


यसैगरी काठमाडौं महानगरपालिकाले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ज्येष्ठ नागरिकको घरमै स्वाब संकलन गर्ने व्यवस्था मिलाएको छ । महालक्ष्मी नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको संख्या हेरेर वडाका विभिन्न ठाउँमा स्वाब संकलन गरिएको जनाएको छ । 


ललितपुर महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकालाई अस्पतालमै लगेर स्वाब संकलन गरिरहेको जनाएको छ ।