close

विपतमा नगरको ओत, भीमसेन थापामा देखियो जनप्रतिनिधिको जोश (भिडियाे खबर)

विपतमा नगरको ओत, भीमसेन थापामा देखियो जनप्रतिनिधिको जोश (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) डडेल्धुराको आलिताल र गन्यापधुरा गाउँपालिकाले नेपाल प्रहरीलाई दिए एक-एक थान मोटरसाइकल र मोबाइल, अब शान्ति-सुरक्षा कायम गर्न प्रहरीलाई थप सहज हुने ।

 
२) भक्तपुर नगरपालिकामा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र स्थापना, दीर्घ दमखोकी भएका व्यक्तिलाई उपचारमा सहज हुने ।

 
३) अर्जुनधारा नगरपालिकाद्वारा सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा नउठाउन विद्यालयलाई आग्रह, अटेर गरे पालिकाले कारबाही गर्ने ।


४) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाद्वारा विदेशको पेन्सन सुविधा लिइरहेका लाभग्रहीलाई फोटोसहितको तीनपुस्ते विवरण उपलब्ध गराउन परिपत्र, २ फागुनभित्र विवरण उपलब्ध गराउनुपर्ने ।


५) भक्तपुरको चाँगुनारायण नगरपालिकाले चेक भुक्तानीको समयावधि घटायो, १५ दिनभित्र भुक्तानी गर्न सकिने ।


६) महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द, कञ्चनपुरको भीमदत्त नगरपालिका र कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच सम्झौता, सुदूरपश्चिमको पर्यटन उकासिने अपेक्षा ।


७) दाङको राप्ती गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ हजार २ सय ७ जना सूचीकृत, सूचीकृतमध्ये ३ सय ५ जनालाई  पालिकाले पहिलो चरणमा रोजगारी दिने ।


८) सुनसरीको दुहबी नगरपालिकाको आठौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्त्वपूर्ण निर्णय ।


९) मोरङको बेलबारी नगरपालिका- ६ का अग्निपीडित परिवारलाई नगरपालिकाको विभिन्न राहत सामग्री, सामग्री पाउँदा आगलागी पीडित दंग ।

 

१०) उदयपुरको कटारी नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन धमाधम, देशभरका स्थानीय तहमा लगत संकलन गरिँदै ।


११) नेपाल नगरपालिका संघ कर्णाली प्रदेशको आयोजनामा सुर्खेतमा न्यायिक समितिको कार्य सम्पादन तथा मेलमिलापसम्बन्धी तालिम सम्पन्न, तालिममा नगरपालिकाका उपप्रमुखको सहभागिता ।
 

१२) गोरखाको भीमसेन थापा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण थापाको कार्यशैलीको विरोधमा जनप्रतिनिधिद्वारा बैठक वहिष्कार, कोरम नपुगेपछि बैठक स्थगित ।


१३) ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान, ज्येष्ठ नागरिकले पाए एक-एक थान ज्याकेट र पाँच सय रुपैयाँ ।


१४) आगलागीबाट ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई रामेछापको गोकुलगंगा गाउँपालिकाद्वारा आर्थिक सहयोग, खाद्यान्न र लत्ताकपडालगायतको सहयोग ।


१५) नवलपुरको देवचुली नगरपालिका-९ मा राष्ट्रिय परिचयपत्र वितरण गर्न तथ्यांक संकलन सुरु, पालिकाबासीले पाउने भए अब परिचयपत्र ।


१६) खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काभ्रेको पनौती नगरपालिकाबीच  भगिनी सम्बन्ध स्थापना, धार्मिक सांस्कृतिक र असल अभ्यास आदान-प्रदान गर्नेलगायत सहमति ।


१७) रामेछापको मन्थली नगरपालिका-३ द्वारा वडामा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिकालाई सम्मान, दुई सय बढी ज्येष्ठ नागरिकले पाए न्याना कपडा ।


१८) स्वास्थ्य स्वयंसेविकामार्फत क्षयरोगबारे जनचेतना फैलाउँदै रूपन्देहीको मायादेवी गाउँपालिका, सम्भावित बिरामीको खकार संकलन गरी स्वास्थ्य चौकीमा बुझाउनुपर्ने ।

 

१९) भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने विषयमा तथ्यांक संकलकका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दियो तालिम, अब लगत संकलनको काम हुने ।
 

२०) बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि देशभर विरोध प्रदर्शन ।