close

जैमिनीको आठौँ नगरसभामा चार विधेयक दर्ता

जैमिनीको आठौँ नगरसभामा चार विधेयक दर्ता

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको जैमिनी नगरपालिकाले संघ-संस्था दर्ता तथा नवीकरणसम्बन्धी ऐन नगरसभामा पेस गरेको छ । नगरभित्र सञ्चालनमा रहेका संघ-संस्थालाई कानुनी दायरामा ल्याउने तथा नयाँ सञ्चालनमा आउन चाहनेहरूको सहजताका लागि नगरपालिकाले कानुन बनाएको हो ।

 

शुक्रबार आठौँ नगरसभाको पहिलो बैठकबाट २ वटा ऐन, १ वटा निर्देशिका र एउटा निर्देशिकाको संशोधनपारित भएको छ । 


नगरमा वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिका स्रोतको संरक्षणका लागि ऐन निर्माण भएको छ । नगरसभाले ‘वातावरण, विपद् तथा प्राकृतिक स्रोत संरक्षण गर्न बनेको बिधेयक २०७७’ लाई सर्वसम्मत पारित गरेको हो । 


त्यस्तै, संघ-संस्था दर्ता तथा नवीकरणको व्यवस्थापन गर्न बनेको विधेयक, २०७७, आर्थिक लेखा परीक्षण निर्देशिका, २०७७ र घ वर्गका निर्माण व्यवसायी इजाजतपत्र जारी गर्न बनेको निर्देशिका, २०७७ को संशोधन सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए । 


संशोधन प्रस्ताव नगर उपप्रमुख लीला राना र अन्य ३ वटा प्रस्ताव विधायन समिति सभापति प्रेम सापकोटाले प्रस्तुत गरेका थिए । नगरसभाको अर्को बैठक १५ फागुनमा बस्ने गरी सकिएको छ । 


नगरसभामा कोइरालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनसमेत सर्वसम्मतिले पारित भएको छ । नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले नगर आर्थिक र सामाजिक विकासको गतिमा अगाडि बढिरहेको बताए ।