close

पालिका खबरकर्मी राई पुरस्कृत 

पालिका खबरकर्मी राई पुरस्कृत 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङ यातायात प्रालिले पालिका खबरदाता दमन राईलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सडक यात्रा गर्ने यात्रु तथा यातायात व्यवसायीको हितमा कलम चलाइरहेको भन्दै खोटाङ यातायात प्रालिले पत्रकार राईलाई ५ हजार रुपैयाँको पुरस्कार प्रदान गरेको हो ।

 

जिल्ला समन्वय समितिको समीक्षालय हलमा शुक्रबार भएको दोस्रो वार्षिक साधारणसभा अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले पत्रकार राईलाई चेक र प्रशंसापत्र हस्तान्तरण गरे ।


प्रालिले साधारणसभा तथा अधिवेशन अवसरमा जिल्लाका १ जना पत्रकारलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । खोटाङ यातायात प्रालिले अग्रज पत्रकार कृष्ण आचार्यलाई पनि सम्मान गरेको छ ।

 

 

पत्रकार आचार्यलाई नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष एवं प्रालिका निवर्तमान अध्यक्ष गणेशविक्रम शाहीले सम्मानपत्र वितरण गरे ।

 
अग्निपीडित यातायात व्यवसायीलाई आर्थिक सहयोग 

 

नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष एवं खोटाङ यातायात प्रालिका निवर्तमान अध्यक्ष गणेशविक्रम शाहीले अग्निपीडित यातायात व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । 

 

गत ७ साउनमा विद्युत् सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका गोविन्द कटुवाललाई शाहीले प्रालिको साधारणसभा अवसरमा नगद सहयोग गरेका हुन् ।