close

तत्कालीन माओवादीभित्र पोल खोलाखोल, रायमाझीकाे प्रश्न: क्यान्टोन्मेण्टको ७ अर्ब कसले खायो ?

तत्कालीन माओवादीभित्र पोल खोलाखोल, रायमाझीकाे प्रश्न: क्यान्टोन्मेण्टको ७ अर्ब कसले खायो ?

Trulli
ADVERTISEMENT

रुपन्देही– मुलुकमा गणतन्त्र ल्याउन तत्कालीन माओबादीका तर्फबाट शसस्त्र बिद्रोह गरेका पूर्वसेनाले आफ्ना इतिहासलाई जोगाउँदै वर्तमानमा बाँच्ने आधार तयार गर्न माग गरेका छन् ।

 

पूर्वजनमुक्ति सेना नेपालको बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा आफ्ना माग राख्दै पूर्वजनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको वताएका छन् ।

 

उनीहरुले लडेका योद्धाहरु गाँस, बास र कपासका लागि भौँतारिरहेको जनाउँदै सरकारले घोषणा गरेको राहत प्याकेज तत्काल कार्यान्वयन गर्न आग्रह गरे ।

 

पूर्वजनमुक्ति सेनाका पाँचौँ डिभिजन भाइस कमाण्डर सन्तोष चौधरीले आफ्ना मागमा सरकार सकारात्मक भए पनि निर्णय कार्यान्वयन नहुँदा समस्या भएको बताए ।


पूर्वजनमुक्ति सेनाका तर्फबाट कैलालीकी राजमती अधिकारीले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग गरिन् । जुम्लाका प्रेमराज गिरीले पटक–पटक सहमति गर्ने तर पालना नभएपछि धोका खाँदै आएकाले राहत प्याकेज दिने सरकारको निर्णय तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे ।

 

लुम्बिनी प्रदेशका तर्फबाट टेकबहादुर बोगटीले देशको परिवर्तनका लागि लडेका योद्धा अहिले रोजगारीका लागि सडकमा भौँतारिरहेकाले उचित व्यवस्थापन गर्न माग गरे ।

 

भेलालाई  तत्कालीन माओवादी नेतासमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपाको दाहाल–नेपाल पक्ष विकास र समृद्धिको मुद्दा बिर्सिएर सडक संघर्षमा लागेको बताए ।

 

मन्त्री रायमाझीले भने, ‘क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर ३४ हजार रुपैयाँका दरले भत्ता बुझ्यौँ, करिब ७ अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो त्यसको हिसाबकिताब हुनुपर्छ ।’


अर्काे वक्ता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पुष्पकमल दाहालले आफ्नो स्वार्थका लागि पूर्वलडाकुको बलिदानीलाई प्रयोग गरेको बताए । लुम्बिनी प्रदेश सरकारले जनयुद्धका घाइतेको निःशुल्क उपचारको व्यवस्था गरेको बताउँदै उनले छिट्टै जनआन्दोलन, जनयुद्धलगायत सबै प्रकारका आन्दोलनका योद्धाको स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता जनाए ।

 

भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई बुर्जुवा शिक्षाको काम छैन भनी विद्यालयबाट निकालेर जनयुद्धमा समावेश गराएकाले अहिले आफ्नो स्वार्थ पूरा भएपछि लात हान्ने काम गरेको बताए ।