close

तेस्रो निजगढ मेयर कप सुरु 

तेस्रो निजगढ मेयर कप सुरु 

Trulli
ADVERTISEMENT

बारा(निजगढ)- तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । १ देखि १४ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा निजगढ नगरपालिकाभित्रका १६ वटा क्लबले सहभागिता जनाएको निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा मगरले बताए ।

 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रूपमा ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिने उनले जानकारी दिए ।

 

२०७४ देखि संचालन भइरहेको निजगढ मेयर कप फुटबलको प्रथम संस्करणको विजेता वडा नम्बर ४ हो भने दोस्रो संस्करणको विजेता वडा नम्बर ५ रहेको छ । 

 

कोभिड–१९ का कारण गत वर्ष स्थगित प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले नगद ४५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

 

निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगिता वडा नम्बर ९ स्थित सहिद हिरालाल रंगशालामा खेलाइने निजगढका मेयर सुरेशकुमार खनालले बताए ।