close

फक्तालुङमा ७५ प्रतिशत अनुदान दिएर बाख्रा–बंगुर खोर निर्माण हुँदै 

फक्तालुङमा ७५ प्रतिशत अनुदान दिएर बाख्रा–बंगुर खोर निर्माण हुँदै 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बाख्रा तथा बंगुर खोर निर्माण गर्न ७५ प्रतिशत अनुदान पाउने १२ वटा फर्म छनोट गरेको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार बाख्रा खोर निर्माणका लागि ६ तथा बंगुर खोर निर्माणका लागि थप ६ गरी अनुदान पाउने १२ वटा फर्म छनोट गरिएको हो । 

 

बाख्रा तथा र बंगुर खोर निर्माणका लागि २/२ गरी ४ वटा फर्म वैकल्पिक रूपमा छनोट भएका छन् । बाख्रा तथा बंगुर खोर निर्माणका लागि छानिएका ६-६ वटा फर्मले अनुदान लैजान रीत नपुर्‍याए र नलगे वैकल्पिक रूपमा छानिएका फर्मले अनुदानको मौका पाउने फक्ताङ्लुङ गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाका निमित्त प्रमुख सञ्जय लिम्बूले जानकारी दिए ।

 

७५ प्रतिशत अनुदानमा बाख्रा तथा बंगुर खोर निर्माणको योजना पाउन गत ५ पुसमा गाउँपालिकाले आवेदन खुलाएको थियो । छानिएका फर्मलाई सम्झौताका लागि पशु सेवा स्वास्थ्य शाखामा सम्पर्क गर्न गाउँपालिकाले परिपत्रसमेत गरेको छ । 

 

गाउँपालिकाले अनुदान रकम छानिएका फर्म सञ्चालकको ग्लोबल आइएमई बैंकको खातामार्फत मात्र प्रदान गर्नेछ ।