close

लुम्बिनी वरपरका पालिकाको दिगो फोहोर व्यवस्थापन गरिँदै

लुम्बिनी वरपरका पालिकाको दिगो फोहोर व्यवस्थापन गरिँदै

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी वरिपरिका पालिकाको दिगो फोहर व्यवस्थापन विषयक छलफल लुम्बिनीमा सम्पन्न भएको छ ।

 

रूपन्देहीका १६ पालिका प्रमुख, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक उपाध्यक्ष गोविन्द सुवेदी सम्मिलित छलफलमा फोहोर व्यवस्थापनको सहमति जुटेको हो । 

 

छलफलमा स्थानीय पालिका प्रमुखहरूले फोहोर व्यवस्थापन गर्न अन्तरपालिका निकायबीच सहकार्यमा जोड दिए । 


छलफलमा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनसँगको सहकार्य पालिकाको फोहोर व्यवस्थापन संयुक्त रूपमा गर्ने सहमति भएको कार्यक्रमको अध्यक्षता गरेका लुम्बिनी सांंस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले जानकारी दिए ।

 

देवदह नगरप्रमुख हीराबहादुर खत्रीले विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी तथा यस क्षेत्रका पालिकाहरूको फोहर व्यवस्थापनमा सहकार्य हुनु सकारात्मक रहेको बताए । 

 

रूपन्देहीका पालिकाहरूमा फोहर व्यवस्थापन गर्न अहिलेसम्म व्यवस्थित डम्पिङ साइटको व्यवस्था नभएको एवं अहिले तिलोत्तमा र सैनामैनाले अरू पालिकासँग सहकार्य गरेर फोहर व्यवस्थापन गर्न लागेको उनको भनाइ छ । 

 

लुम्बिनीका धेरै पालिकाहरूले जंगल, खोलामा फोहोर व्यवस्थापन गर्दै आएका छन् । छलफलमा नवलपरासीको रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र गुप्ता, रूपन्देहीको देवदह नगरप्रमुख हीराबहादुर खत्री, नवलपरासीको सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापा, रूपन्देहीको मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, नवलपरासी सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तु शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ छलफलमा सहभागी थिए ।


यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जुपिटर नेपालका कार्यकारी निर्देशक ई. रमेश सुवेदी, लुम्बिनी गार्डेन फाउन्डेसनका इन्जिनियर सुरक्षा पन्तलगायतले सहभागिता जनाएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।