close

प्रदेश १ को जनस्वास्थ्य ऐन : मापदण्ड पूरा नगरेका एम्बुलेन्स तथा शव वाहनको अनुमति खारेज

प्रदेश १ को जनस्वास्थ्य ऐन : मापदण्ड पूरा नगरेका एम्बुलेन्स तथा शव वाहनको अनुमति खारेज

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ मा मापदण्ड पूरा गरी अनुमति नलिएका एम्बुलेन्स तथा शव वाहनको अनुमति खारेज हुने ऐन बनेको छ । 

 

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रदेश जनस्वास्थ्य ऐन, २०७७ ले यो ऐन प्रारम्भ हुँदाका बखत अनुमति नलिई सञ्चालनमा रहेका एम्बुलेन्स तथा शव वाहनलाई अनुमति तथा दर्ता प्रक्रियामा निश्चित अवधि दिने र त्यो अवधिमा अनुमति नलिए स्वतः खारेज हुनेछ ।

 

अहिले कार्यान्वयनमा आइसकेको यो ऐनअनुसार अब एम्बुलेन्स तथा शव वाहन सञ्चालकले मादण्ड पूरा नगरेको भए वर्ष दिनभित्र पूरा गरी अनुमति लिने प्रक्रियामा जानुपर्नेछ ।

 

यो ऐन गत २५ साउनमा प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित भएपछि लागू भएको हो । ऐनअनुसार प्रत्येक एम्बुलेन्स तथा शव वाहन सेवाप्रदायक संस्थाहरूले नागरिक स्वास्थ्य सूचना प्रणालीमा अनिवार्य आबद्ध हुनुपर्ने छ । 

 

नागरिक स्वास्थ्य सूचना प्रणालीमा अनिवार्य आबद्ध नभएका एम्बुलेन्स तथा शव वाहन सेवाप्रदायक संस्थालाई कारबाही हुनेसमेत ऐनमा स्पष्ट व्यवस्था छ ।

 

प्रदेश सरकारले यो प्रणाली सञ्चालन ल्याए सकेपछि एम्बुलेन्स तथा शव वाहनलाई यो सूचना प्रणालीमा आबद्ध हुन प्रदेश सरकारले अनिवार्य गरेको हो ।

 

आधारभूत र आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी तथा गुणस्तरीय तुल्याई सेवाग्रहीको पहुँच स्थापित गर्न यस्तो व्यवस्था गरिएको ऐनमा उल्लेख छ ।