close

सिरिजंघाको मामाङ्खेमा धमाधम रोपिँदै किबीका बोट

सिरिजंघाको मामाङ्खेमा धमाधम रोपिँदै किबीका बोट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ‘सिरिजंघाको शान, उद्यमशील किसान’ नारासहित ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले अनुदान दिएपछि पालिकाका किसानले किबी खेती सुरु गरेका छन् ।

 

पालिकाको अनुदानमा वडा नम्बर ६ मामाङ्खेका ७० जना किसानले २ हजार ५ सय ५० बोट किबीका बिरुवा रोपेका हुन् ।

 

पालिकाका कृषि अधिकृत सपना तिवारीका अनुसार स्थानीय भूगोल र हावापानी अनुकूल हुने गरी पालिकाले किबी खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ ।

 

वडा नम्बर ६ मामाङ्खे एवं वडा नम्बर ५ पेदाङ र वडा नम्बर २ आम्बेगुदिनका किसानलाई लक्षित गरी किबी खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ । 

 

वडा नम्बर २ आम्बेगुदिन र वडा नम्बर ५ पेदाङमा किबी खेतीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि प्रत्येकमा १२-१२ लाख रुपैयाँ खर्चिएको सिरिजंघाले वडा नम्बर ६ मामाङ्खेका किसानलाई भने किबीको बिरुवामा अनुदान दिएको छ ।