close

पाडोको फोटोलाई १ हजार, २ करोडमा लाग्यो गिद्धे नजर (भिडियो खबर)

पाडोको फोटोलाई १ हजार, २ करोडमा लाग्यो गिद्धे नजर (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) हुम्लाको सर्केगाड गाउँपालिकाका प्राविधिक सहायक रुद्रबहादुर शाही तीन महिनाका लागि निलम्बित, गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा शाहीले २ करोड रकम अनियमितता गरेको आरोप ।


२) स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीले लाउन थाले कोरोना खोप, दोस्रो प्राथमिकतामा परेकाहरूलाई आजदेखि  ८ फागुनसम्म खोप दिइन ।


३) समूहमा गाई पाल्नेलाई बाग्लुङको जैमिनी नगरपालिकाले अनुदान दिने, नगरप्रमुख कृषि परियोजना र नगरप्रमुख पशु विकास परियोजना सञ्चालन ।


४) कपिलवस्तुको वाणगंगा नगरपालिका-२ को वडा कार्यालय भवन निर्माण सम्पन्न, नगरप्रमुख मंगलप्रसाद थारुले गरे नविनिर्मित कार्यालय भवनको उद्घाटन ।


५) रामेछाप नगरपालिकाले पनि गाईभैँसीलाई १ हजार रुपैयाँ सुत्केरी भत्ता दिने, सुत्केरी भत्ता पाउन किसानले बाच्छाबाच्छी र पाडापाडीको फोटा नगरपालिकामा पेस गर्नुपर्ने ।

 

६) भक्तपुर नगरपालिकाको आठौँ नगरसभाद्वारा घर-भवन नक्सा पास कार्यविधि पारित, सीपमूलक तालिम, दिगो र स्तरीय सडक बत्ती व्यवस्थापनलगायत विषयमा पनि सभामा छलफल ।


७) रामनदीधामलाई पर्यटन गन्तव्य बनाउन जुट्यो स्याङ्जाको गल्याङ नगरपालिका, मुक्तिनाथको झल्को दिने गरी १ सय ८ धारा निर्माण गरिने, नगरप्रमुख भूपराज अधिकारीद्वारा शिलान्यास ।


८) गु्ल्मीको गुल्मीदरबार गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण, ८७ वर्ष उमेर कटेका १०० जना ज्येष्ठ नागरिकले पाए सिरक ।


९) मकवानपुरको थाहा नगरपालिका-६ मा माधवराज सुमार्गी स्मृति कोषले निर्माण ग¥यो सामुदायिक थाहा विकास भवन, भवन थाहा नगरपालिकालाई हस्तान्तरण ।


१०) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा बालकुमारी–बहाखा सडक खण्डमा ढुंगा छाप्ने कार्य सुरु, आगामी बिस्का जात्रासम्म सम्पन्न गर्ने पालिकाको लक्ष्य ।
 
११) बाराको सिम्रौनगढ नगरपालिकाका लेखा शाखा प्रमुख एवं योजना शाखा प्रमुख सबेन्द्रप्रसाद चौधरी  र जितेन्द्र यादव नगरसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।


१२) काभ्रेको बनेपा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत प्रथम चौमासिकको कोहर्ट विश्लेषण गोष्ठी सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मीसम्मको सहभागिता ।


१३) कैलालीको धनगढी उप-महानगरपालिकाले डिजिटल प्रोफाइल तयार गर्ने, गणक र सुपरभाइजरहरूलाई अभिमुखीकरण कार्यक्रम ।


१४) चालू आर्थिक वर्षका लागि हुम्लाका सात वटै गाउँपालिका बाख्रा तथा चौँरीपालन पकेट क्षेत्रका लागि छनोट, अब कर्णाली प्रदेश सरकारको भूमि कृषि तथा सहकारी मन्त्रालयले एक गाउँ एक पशु उत्पादन कार्यक्रम सञ्चालन गर्ने ।


१५) ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाद्वारा बाख्रा तथा बंगुरको खोर निर्माण गर्न ७५ प्रतिशत अनुदान पाउने १२ वटा फार्म छनोट, छनोट भएका फार्मले सम्झौताका लागि पशु सेवा स्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्ने ।

 
१६) झापाको भद्रपुर नाका खुलाउन माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले गरे भद्रपुर नगरपालिकाको कार्यालय घेराउ, नाका नखुल्दा स्थानीय समस्यामा ।


१७) खोटाङको रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा पाँचौँ बर्थिङ सेन्टर स्थापना, पालिकाबासीले पाउने भए घर नजिकै स्वास्थ्य सेवा ।


१८) बाग्लुङको ताराखोला गाउँपालिकाले एकीकृत सामुदायिक कृषि नमुना फार्म अभियान सुरु गर्ने, फार्म सञ्चालन गर्न पालिकाले छुट्यायो २ करोड ।

 
१९) दाङको तुलसीपुर उपमहानगरपालिका, ग्रीन फाउन्डेसन नेपाल र सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा बजार विश्लेषण तथा विकाससम्बन्धी २ दिने तालिम सुरु, नगरप्रमुख घनश्याम पाण्डेले गरे तालिम उद्घाटन ।
  
२०) ललितपुर महानगरपालिकाद्वारा विज्ञापन बोर्ड शून्य अभियान, होर्डिङ बोर्ड र अन्य विज्ञापनका बोर्ड हटाउने काम जारी ।