close

नगर विकास कोषको दायरा अझ फराकिलो हुन्छ : मन्त्री साह

नगर विकास कोषको दायरा अझ फराकिलो हुन्छ : मन्त्री साह

Trulli
ADVERTISEMENT

काठमाडौं- सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोष ३३औँ वर्षमा प्रवेश गरेको छ । सहरी क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको कोषले आईतवार सहरी विकास मन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाएको हो ।


३३औं वार्षिकोत्सव उद्घाटन गर्दै मन्त्री साहले कोषको दायरालाई सरकारले अझ फराकिलो बनाउने उल्लेख गर्नुभयो । 


सहरी पूर्वाधार विकास गर्न कोषलाई सरकारले सहरी पूर्वाधार विकास निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तिय मध्यस्थकर्ता संस्थाका रूपमा विकास गर्ने बताए ।


सोही कार्यक्रममा बोल्दै सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य प्राप्त गर्न नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको बताए ।


कोषले हाल ८३ नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पालिका खबरलाई जानकारी दिए । 


कोषले अहिले नगरपालिकाको भौतिक पूर्वाधार र प्राविधिक सहयोगका लागि खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन पनि सरकारले कोषलाई निगमको रूपमा रूपान्तरण गर्न जरुरी रहेको सापकोटाले उल्लेख गरे ।


कोषले वार्षिकोत्सवका अवसरमा ऋण लागानी मार्फत उत्कृष्ट काम गर्ने नगरपालिका र खानेपानी आयोजना उपभोक्ता संस्थालाई सम्मान गरेको छ । 


नगरपालिकातर्फ कञ्चनपुरको भीमदत्त नगरपालिका र सर्लाहीको लालबन्दी नगरपालिका त्यस्तै खानेपानी संस्थातर्फ कावासोती खानेपानी उपभोक्ता संस्था नवलपुर र करैया मक्कर उपभोक्ता संस्था रूपन्देही सम्मानीत भएका छन् ।