close

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसको साथ !

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसको साथ !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमा नेकपाको प्रचण्ड-माधव खेमालाई प्रदेश संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले साथ दिने संकेत देखिएको छ । 


सोमवार प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव खेमाले अघोषितरुपमा कार्यक्रम बहिष्कार गर्दा कांग्रेसका शीर्ष तहका नेताहरु सहभागी भएनन् ।

 

कांग्रेसका प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्कीसहितका नेता सहभागी नभएको कार्यक्रममा कांग्रेसका प्रदेश सांसद विन्दिया कार्की मात्रै सहभागी थिइन । 

 

तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड-माधव खेमाका कुनै पनि सांसद तथा नेता सहभागी भएनन् ।

 

मुख्यमन्त्री राईले बर्खास्ती गरेका तत्कालीन आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले वैधता सकिएको सरकारले आयोजना गरेको कार्यक्रममा जानुको कुनै अर्थ नभएकोले कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए । 


आङ्बो प्रचण्ड-माधव खेमाका नेकपाका केन्द्रीय सदस्य समेत हुन् । आफुहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताव राखेको तर संसदीय मूल्य र मान्यता विपरित सरकारले त्यसलाई छल्दै हिंडेका कारण सरकारको वैधता सकिएकाले कार्यक्रममा नगएकोे आङ्बोले जानकारी दिए । 

 

कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले दुईवटा कारण सहित बार्षिक उत्सव कार्यक्रममा सहभागिता नजनाएको बताए । ‘सरकारले संसद छलिरहेको, यो संसदीय मूल्य र मान्यता विपरित हो,’ कार्यक्रममा नजानुको पहिलो कारण त्यो हो’कार्कीले भने । 

 

संसद विघठन विरुद्ध सोमवार गर्न लागेको देशव्यापी प्रर्दशनको तयारीका कारण पनि आफुहरु त्यो कार्यक्रममा सहभागी हुन नसकेको कार्कीले दोस्रो कारण खुलाए । 

 

कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ प्यासी, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, मन्त्रीहरु, राईखेमाका सांसद तथा नेताहरु भने सहभागी छन् । प्रदेश १ को संसद बैठक ९ फागुनका लागि बोलाइएको छ ।