close

पर्यटक कुर्दै विरेञ्चोककाे ‘होम स्टे’ !

पर्यटक कुर्दै विरेञ्चोककाे ‘होम स्टे’ !

Trulli
ADVERTISEMENT

गोरखा- पछिल्लो समय गोरखाको ग्रामीण पर्यटन प्रवर्द्धनको दरिलो माध्यम बनेको छ सामुदायिक ‘होम स्टे’ अर्थात्, ‘घरबास सेवा’ । ‘होम स्टे’ बिशेषत बाह्य तथा आन्तरिक पर्यटकहरू जो ग्रामिण समाजको चलनचल्ती र लोकसंस्कृति हेर्न अनि बुझ्न चाहन्छन् उनीहरुको रोजाईमा पर्ने गरेका छन् ।


शहरी क्षेत्रमा भएका होटल, लजहरुमा भन्दा सस्तो मुल्यमा पारिवारिक वातावरणमा आत्मीयतासहित खानेकुरामा लोकल परिकारको स्वाद लिँदै त्यहाँका साँस्कृतिक झलकहरु हेरेर मज्जा लिन पाइने भएकाले पछिल्लो समय झनै ग्रामिण भेगका ‘होम स्टे’हरूमा आकर्षण बढ्दै जान थालेको छ ।


गोरखा बजारबाट करिब १० किलोमिटर दुरीमा रहेको विरेञ्चोकमा सामुदायिक होम स्टे सञ्चालमा आएको छ । होम स्टेसम्म जाने सडक पक्की भएकाले सवारीसाधन सहजै जान सक्छन् । ‘होम स्टे’ सञ्चालनमा ल्याउने अधिकांश मगर समुदायका व्यक्तिहरू नै छन् । 

 

यहाँ जाने पाहुनाहरुले कुखुराको मासु सहितको अग्र्यानिक खानाका परिकारहरू खाँदै कौडा, चुड्का, पाङ्दुरे र मारुनी नाच, घाटु, भजन लगायतका सँस्कृतिमा झुम्दै मज्जा लिन पाउँछन् । 

 

कत्तिको महङ्गो हुन्छ 'होम स्टे' ?

 

शहर बजारका होटल लजहरूका तुलनामा होम स्टे अत्यन्तै सस्तो हुने विरेञ्चोकस्थित सामुदायिक 'होम स्टेकी' सदस्य कमला रानामगरले बताइन् ।


उनका अनुसा ‘होम स्टे’मा बस्न जाने पाहुनाहरूलाई लोकल कुखुराको मासुसहितको खाना, एक रातको बास, भोलिपल्ट विहानको खाजा-नास्ता र खानासहितको प्याकेज तयार पारिएको छ । 


यहाँ पाहुना बन्न जाने गोरखा नगरपालिकाभित्रका बासिन्दालाई ७ सय ५० रुपैँया र अन्य ठाउँबाट आएकाहरुलाई १ हजार रुपैयाँको प्याकेज पर्ने गरेको छ भने यहाँको सांस्कृतिक कार्यक्रम अवलोकन गर्न चाहानेहरुले अतिरिक्त ५ हजार रुपैँया शुल्क तिर्नु पर्नेछ ।