close

अन्नपूर्णका कृषकलाई आधुनिक हलो

अन्नपूर्णका कृषकलाई आधुनिक हलो

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले सहकारी, समूह, फर्म सञ्चालकलाई यान्त्रिक हलो (मिनिटेलर/हाते ट्याक्टर) वितरण गरेको हो । 


पोखरेबगरमा आइतबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, कृषि शाखा प्रमुख प्रविण अधिकारीले यान्त्रिक हलो वितरण गरेका थिए ।  


सार्वजनिक सूचना आव्हान गरेर आवेदन संकलन गरिएको थियो । वडा न. ६ को होलिडे कृषि तथा पशुपंक्षी फर्म, धौलागिरी पशुपालन फर्म, बिरौटा सुन्तला तथा कृषि समूह, नयाँघरे एकीकृत कृषि तथा पशुपंक्षी फर्म, सी कृषि तथा पशुपंक्षी फर्मले यान्त्रिक हलो पाएका छन् । 


यसैगरी शिखको कृषि तथा पशुपालन फर्म, मणीबराह बहुउद्देश्यीय कृषि फर्म, राम्चेको सिर्जनसिल कृषि सहकारी संस्था, भुरुङ्ग-तातोपानीको ठुलोबगर कृषि सहकारी संस्था, नारच्याङको जनजागरण कृषक समूह, हिस्तानको प्रगतिशील कृषक समूह र प्र‍ेम कृषि तथा पशुपंक्षी फर्म छन् । 

 

डिजेल इञ्जिन भएको ७.५ हर्सपावर क्षमताको प्रति यान्त्रिक हलो ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । सहकारी, समूह र फर्म सञ्चालकले २७ हजार ५ सय रुपैयाँ अनुदान पाएका हुन् । 

 

कृषि उत्पादन वृिद्ध गर्न र लागत घटाउन यान्त्रिकरणका लागि यान्त्रिक हलो वितरण गरिएको कृषि शाखा प्रमुख अधिकारीले बताए । कृषकहरुलाई ट्याक्टर चलाउन र मर्मत गर्ने सीपसमेत सिकाइएको छ । खेतबारी खनजोतको काममा पछिल्लो समय गोरुको विकल्पमा यान्त्रिक हलोको प्रयोग बढेको छ । 

 

सस्तो र छिटो भएपछि कृषकहरुले यान्त्रिक हलोको प्रयोग गर्न थालेका हुन् । स्थानीय तहका कृषि शाखा, कृषि ज्ञान केन्द्र आदीले अनुदान दिने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको छ ।