close

बागलुङमा थपिए दुई खोप केन्द्र

बागलुङमा थपिए दुई खोप केन्द्र

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङमा थप दुई वटा कोरोना खोप केन्द्र थपिएका छन् । दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानका लागि आइतबार बसेको कोभिड खोप समन्वय समितिको बैठकले थप खोप केन्द्र थपेको हो । 

 

पहिलो चरणको खोप अभियानमा धौलागिरी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र तोकिएको थियो । खोप अभियानको दोस्रो चरणमा भने गलकोटको हरिचौर र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि खोप केन्द्र तोकिएको छ । 

 

यसअघि सम्बन्धित नगरपालिकाले खोप केन्द्रका लागि जिल्ला खोप समन्वय समितिलाई पायक पर्ने स्थानमा केन्द्र सञ्चालनका लागि अनुरोध गर्दै पत्र लेखेका थिए । 

 

गलकोट खोप केन्द्रबाट ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका तोकिएको समूहले खोप लगाउन सहज हुनेछ । जैमिनीमा खोप केन्द्र रहँदा बरेङ गाउँपालिका र बुर्तिबाङमा खोप केन्द्र रहँदा पश्चिमका चार स्थानीय तहलाई पायक पर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

 

दोस्रो चरणको खोप अभियानमा पत्रकार, बैंकका कर्मचारी, मालपोत, नापी कार्यालय, स्थानीय निकायका जनप्रतिनिधि, खानेपानी, विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई लगाइँदैछ ।

 

फागुन २ र ३ गते धौलागिरी अस्पताल खोप केन्द्रमा तोकिएका निजामति कर्मचारी तथा फागुन ४ र ५ गते सुरक्षाकर्मी, पत्रकार, प्राधिक तथा संस्थानका कर्मचारीलाई खोप दिईने छ । 


यस्तै, फागुन ६ र ७ गते जनप्रतिनिधि तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले खोप पाउने छन् । फागुनको ३, ४, ५ र ६ गते बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तोकिएको समूहलाई खोप दिने निर्णय जिल्ला खोप समन्वय समितिले गरेको छ । 

 

नयाँ तोकिएका गलकोट केन्द्र र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा फागुनको ५ र ६ गते नै खोप अभियान सञ्चालन हुनेछ ।

 

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालिन प्रयोगमा ल्याइएको छ ।