close

वनलाई आगलागीबाट जोगाउन उपभोक्ता समूहले बाँड्यो सिठ्ठी

वनलाई आगलागीबाट जोगाउन उपभोक्ता समूहले बाँड्यो सिठ्ठी

Trulli
ADVERTISEMENT

बागलुङ– गर्मी मौसम सुरु भएसँगै हावाहुरी र आगलागीका घटना बढी हुन्छन् । बस्ती र ठुलो वनक्षेत्रमा हुनसक्ने आगलागीका घटना न्यूनीकरणका लागि स्थानीयले विभिन्न उपाय अपनाउने गरेका छन् ।

 

बागलुङका स्थानीयले बस्ती र वन जोगाउनका लागि सचेतना तथा भइपरी आउने घटनासँग जुध्ने उपायहरु अपनाउन थालेका छन् । बागलुङ नगरपालिका वडा नं. ७ मा रहेको तितौरे सामुदायिक वन उपभोक्ता समितिले आगलागी नियन्त्रणका लागि सिठ्ठीको सहारा लिने भएको हो । गर्मी समयमा आगलागी हुँदा तत्काल नियन्त्रण गर्न र क्षति कम गर्न सिठ्ठी वितरण गरिएको हो । 

 

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर कार्कीले फागुन–चैतको समयमा बढी हावाहुरी लाग्ने र उक्त समयमा आगलागीका धेरै घटनाहरु घट्ने भएकोले आगो नियन्त्रणका लागि सहयोग पु¥याउन सिठ्ठी वितरण गरेको बताएका छन् । उनले समितिका १३ जनालाई एक–एक थन सिठ्ठी वितरण गरेको जानकारी दिए । 

 

अध्यक्ष कार्कीले सामुदायिक वन तथा घरहरुमा आगलागी हुँदा स्थानीयलाई खबर गर्न सिठ्ठीको प्रयोग गर्ने बताए । यसले जतिसक्दो चाँडो स्थानीयलाई खबर पुग्ने र आगो नियन्त्रण गरी सम्भावित दुर्घटना र क्षतिलाई न्यूनिकरणमा सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे । 

 

‘हरेक वर्ष फागुन र चैतको समयमा सामुदायिक वन तथा घरहरुमा आगलागी हुँदा ठूलो मात्रामा क्षति पुग्ने गरेको छ’, अध्यक्ष कार्कीले भने, ‘सिठ्ठीको प्रयोग गरी स्थानीयलाई खबर गरेर समयमै आगो नियन्त्रणमा लिई क्षति कम गर्न सकिन्छ ।’ 

 

समितिले मासिक रुपमा सामुदायिक वनको झाडी सरसफाई अभियान सञ्चालन गरिरहेको समेत समितिका सचिव टिकाराम शर्माले जानकारी दिए ।