close

कृषि अनुदान वास्तविक किसानले पाए त ? के भन्छन् कृषक ? (भिडियाेसहित)

कृषि अनुदान वास्तविक किसानले पाए त ? के भन्छन् कृषक ? (भिडियाेसहित)

ADVERTISEMENT

यतिवेला स्थानीय सरकार आफ्ना नागरिकलाई धमाधम कृषि उपजमा अनुदान दिइरहेको छ । अधिकांश स्थानीय तहको यो पहिलो प्राथमिकताको काम हो । तर के यस्तो अनुदान वास्ताविक कृषकले पाएका छन् त ? के भन्छन् कृषकहरु ? हामीले उदयपुर, दोलखा र बाग्लुङका कृषकलाई सोध्यौः तपाईको पालिकाले वितरण गरेको कृषि अनुदान वास्ताविक कृषकले पाएका छन् त ? उनीहरुको जवाफ जस्ताको तस्तै 

 

उदयपुरका कृषक 

 

स्थानीय सरकारले वितरण गर्ने कृषि सम्बन्धि लक्षित वर्गले चै पाएको छैन । यो चै तपाईको हुने खाने, पहुँचवाला हुने, त्यस्ताहरुले मात्र पाएका छन् । 

 

स्थानीय स्तरमा रहेका जति पनि मानिसहरु छन्, कृषकहरु छन्, उनीहरुको घर घरमा गएर, घर आगँनमा गएर के कति रुपमा उनीहरुले वस्तुभाउहरु पालेका छन्, कसरी कुन रुपमा खेतीपाती गरेका छन्, त्यसको सम्पूर्ण रुपमा अनुगमन गरेर मात्र सुविधा दिदा उपयुक्त होला । स्थानीय सरकारले कृषक वर्गमा, कृषक लक्षित वर्गमा जुन पाउनुपर्ने सेवा सुविधा हो, मैले बुझेअनुसार चै टाठा बाठाहरुले मात्र पाएको देख्छु । 

 

दोलखाका कृषक

 

कालिज फर्म खोलेर कृषक बनेको छु । मैले लगभग दुई करोड हारहारीको लगानी गरेको छु र अहिलेसम्म मैले राज्यको एक रुपैयाँ पनि सहयोग पाएको छैन । अहिलेसम्म अनुदानको हिसाबमा ट्याक्टर, बिऊ दुई, चार वटा एक दुई सयको बिऊ दिने कुरामा पनि कता कता कृषिबाट नै दिने र अनुदानको हिसाबमा कति प्रतिशत कृषकले हाल्नपर्ने कतिपय गाँउपालिकाले हालेर यसमा पनि घोटाला हो की भन्ने पनि सुनेको छु । 

 

सहजीकरण गर्ने तरिकाले जाँदा खेरि हामीले गाई पालकलाई, भैसी पालकलाई, कालिज पालकलाई दानाको व्यवस्था गरेर, यसरी लैजादा सहजीकरण हुन्छ । अब कृषि व्यवसायमा स्थानीय सरकारले चै हामीलाई सहुलियत दिएर धेरै राम्रो गरेको छ । अझ हामीलाई बेसी थपिदिए धेरै खसी हुने थियौँ । 

 

बाग्लुङका कृषक

 

कृषकलाई त कति मर्का छ। हर चिजमा मर्का छ, तपाईलाई थाहा नै छ । जनता देखि लिएर नेतालाई थाहा भएको कुरा नै हो । अब आउँछन्, हलो आउँछन्, नेताले लान्छन्, मिसिन आउँछन्, नेताले लान्छन्, उनका घर घरमा छन्, किसानहरुले हलो र कुटो, कोदालो मात्र लिएर हिड्न पर्ने आवश्यकता मात्र छ, अरु केही छैन । 


वास्तविक किसानमा पुगेको छैन । जब कि ति किसान हुँम भनेर बाहिर देखावटी रुपमा बन्ने देखाएको छ एक वर्षको लागि । बन्ने बाहिर देखावटी हुनेले खाछन् तर वास्तविक किसानले पाएको छैन । अनुदान खाएको नै छैन वास्तविक किसानले । 

 

वास्तविक किसानले पाएको छैन । जो अनुदान खानको लागि मात्रै बनेका किसानहरुले पाएका छन् । सधैको लागि निश्चित रहेर गर्ने किसानहरुले पाएका छैनन् ।