close

फल्याको कोदो कुट्याको धान, अध्यक्षको ताला लाउने काम  (भिडियो खबर)

फल्याको कोदो कुट्याको धान, अध्यक्षको ताला लाउने काम  (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

१) बहुविवाहको आरोपमा पक्राउ परेका सल्यानको बनगाड कुपिन्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालतले सुनायो कैदको फैसला, एक वर्ष कैद र १० हजार जरिमाना ।

 
२) कालीकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले नै लगाए जयकुलाको गणेश आधारभूत विद्यालयमा ताला, ताला नखुल्दा विद्यार्थीले सरस्वति पूजा गर्न पाएनन्, ६ लाख कमिसन नपाएकाले ताला लगाएको व्यवस्थापन समितिको आरोप ।

 

३) काठमाडाैं महानगरपालिकाले ३२ वटै वडाका बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने, अभियान ५ फागुनदेखि ६ महिनासम्म चल्ने ।

 
४) सिन्धुलीको कमलामाई नगरपालिकामा ऐलानी जग्गा नापी सुरुआत, भूमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलनको काम पनि जारी ।

 

५) रूपन्देहीको रोहिणी गाउँपालिकाको ८ औँ गाउँसभा सम्पन्न, सभाले पालिकामा रहेका सडकको मापदण्ड तय गर्‍यो ।


६) ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माण हुने, नगरप्रमुख गजेन्द्र महर्जनले गरे भवनको शिलान्यास ।

 

७) शिक्षा विकास तथा समन्वय इकाइ धादिङको आयोजनामा योजना निर्माण तथा समावेशी शिक्षासम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न, कार्यक्रममा सबै गाउँपालिकाका शिक्षा अधिकृतहरूको सहभागिता ।


८) अछामको चौरपाटी गाउँपालिकाद्वारा ‘फल्याको कोदो, कुट्याको धान कार्यक्रम’ लागू, तराईका जिल्लाबाट चामल लिएर अछाम पुगेका ट्रयाक्टर र ट्रकमा कोदो भरेर पठाउने उद्देश्य ।


९) बैतडीको मेलौली नगरपालिकाको तल्लोस्वराड क्षेत्रको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डेढ वर्षपछि बल्ल पुगे चिकित्सक, नगरपालिकाले विज्ञापन आह्वान गरेर गर्‍यो चिकित्सक छनोट ।

 

१०) म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रका लागि लेखा व्यवस्थापन तालिम जारी, तालिम ५ फागुनसम्म चल्ने ।


११) उदयपुरको रौतामाई गाउँपालिकाले ९१ जनाको गरिदियो निःशुल्क आँखाको अप्रेसन, घरआँगनमै सेवा पाउँदा पालिकाबासी दंग ।


१२) बाराको आदर्श कोतवाल गाउँपालिकाले गणक पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक ग¥यो, सफल उम्मेदवारले ७ दिनभित्र पालिकामा सम्पर्क गर्नुपर्ने ।


१३) रूपन्देहीको बुटवल उपमहानगरपालिकाले मनायो ६२ औँ स्थापना दिवस, दिवसको अवसरमा हित चिताउनेदेखि कर बुझाउनेसम्म सम्मानित ।


१४) स्याङ्जाको गल्याङ नगरपालिकाको फलाङ–मुडकिल्लामा बसपार्क निर्माण हुने, नगरप्रमुख भूपराज अधिकारीले गरे बसपार्कको शिलान्यास ।


१५) सरकारले देशभरका सामुदायिक विद्यालयमा ‘जंक फुड’ मा लगायो प्रतिबन्ध, सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक २० र अन्य क्षेत्रमा विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजाको रकम उपलब्ध गराउने ।


१६) रौतहटको गौर नगरपालिका–५ मा हनुमान मन्दिर निर्माण हुने, वडा नम्बर ५ का वडाध्यक्ष राम स्वार्थ रायले गरे मन्दिरको शिलान्यास ।


१७) ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचामा गठित टोल विकास संस्थाले विकास निर्माणका काममा प्रत्येक महिनाको १ दिन श्रमदान गर्ने, यसअघि जनश्रमदानमा ५ वटा योजना सम्पन्न ।


१८) कालीकोटको पलाँता गाउँपालिका विद्युत्मा आत्मनिर्भर, चार वटा लघुजलविद्युत् आयोजनाबाट उत्पादन सुरु ।


१९) स्याङ्जाको भीरकोट नगरपालिकाले विभिन्न निकायसँग मिलेर प्रथम आलु महोत्सव गर्ने, महोत्सव ७ र ८ फागुनमा हुने ।


२०) कञ्चनपुरको महेन्द्रनगर विमानस्थल सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा सम्झौता ।