close

आलु खेतीबाट लखपति बन्दै अजयमेरुका कृषक (भिडियाे खबर)

आलु खेतीबाट लखपति बन्दै अजयमेरुका कृषक (भिडियाे खबर)

ADVERTISEMENT

डडेलधुरा- डडेलधुराका कृषक पछिल्लो समय आलुखेतीतर्फ आर्कषित हुन थालेका छन् । परम्परागत आलुखेतीलाई त्याग्दै कृषक आधुनिक आलुखेतीमा आकर्षित हुन थालेका हुन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै आ-आफ्नो स्थानीय तहलाई आलुमैत्री बनाउन थालेपछि झन् कृषकलाई राहत मिलेको छ ।


गत वर्षसम्म डडेलधुराका हरेक कृषकको खेतबारीमा हिउँदे सिजनमा गहुँ र बर्खे सिजनमा धान लगाइएको हुन्थ्यो । तर, आजभोलि धान, गहुँ नभएर हरेक कृषकको खेतबारीमा आलु लगाइएको छ । अजयमेरु गाउँपालिकामा पनि कृषक आलुखेती तर्फ आकर्षित भएका छन् । 

 

गाउँपालिकाले आर्थिक समृद्धि ल्याउन कृषि क्रान्ति आवश्यक रहेको भन्दै अनुदानमा आलुको बीउ वितरण गरेर कृषकलाई आलु खेतीतर्फ आकर्षित गरिरहेको छ भने त्यसमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले आप्mनो कार्यक्षेत्र बढाएपछि कृषक आलुखेतीतर्फ आकर्षित हुन थालेको अजयमेरुका कृषक  बताउँछन् ।  


डडेलधुरा आलुमा आत्मनिर्भर भएको समय अजयमेरु पछाडि परेको थियो । तर, अहिले गाउँपालिकाले ६० लाख रुपैयाँ आलु उत्पादनमै खर्च गरेपछि आलु खेती कृषक ह्वातै बढेको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।


गाउँपालिकाका ५ वडाकै कृषक अहिले आलुमा आकर्षित भएका छन् । गाउँपालिको वडा नम्बर २ कोइराली र ३ को धामी गाउँका कृषक अहिले आलुको बिउसमेत उत्पादन गरिरहेका छन् । जंगली जनावरबाट बाली जोगाउन घेरबार तथा सिँचाइका ४ वटा पोखरी पनि निर्माण भएका छन् ।

 

बाँझो जमिन तथा  सुक्खा भूमिमा यो प्रविधिबाट राम्रो आलु उत्पादन भएपछि अन्य गाउँका कृषक पनि उत्साहित भएको प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, योजना कार्यान्वयन इकाइ डडेलधुराका खेमराज जोशीले बताए ।