close

बुटवल उपमहानगरमा दोस्रो राष्ट्रपति रनिङ सिल्ड हुँदै

४२ स्वर्ण, ४२ रजत र ४२ कास्यका लागि प्रतिस्पर्धा हुने 

बुटवल उपमहानगरमा दोस्रो राष्ट्रपति रनिङ सिल्ड हुँदै

४२ स्वर्ण, ४२ रजत र ४२ कास्यका लागि प्रतिस्पर्धा हुने 

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उपमहानगरको नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु हुने दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।


७ फागुनदेखि बुटवल वडा नम्बर ११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।

 

बुटवल उपमहानगरको नगर खेलकुद विकास समितिले बुटवलको कालिका-मानविज्ञान माविमा पत्रकार सम्मेलन गरी रनिङ सिल्ड प्रतियोगिताबारे जानकारी गराएको हो ।

 

एन्फा टेक्निकल सेन्टर देवीनगरमा ७ देखि १० फागुनसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताए ।

 

उक्त प्रतियोगिताको शुक्रबार दिउँसो १ बजे बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

 

उद्घाटन सत्रमा बुटवलमा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले झाँकीसमेत देखाउने गरी भव्य तयारी भइरहेको दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सदस्यसचिव विष्णुहरि ज्ञवालीको भनाइ छ । 


नगरभित्रका १८ सामुदायिक र ११ वटा निजी गरी २९ वटा विद्यालयका करिब १ हजार ३ सय ३४ जना खेलाडीको सहभागिता हुनेछ । विद्यालय स्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनोट गरी उत्कृष्ट खेलाडीलाई अन्य प्रतियोगितामा सहभागी गराइने उनले जानकारी दिए । 

 

‘प्रतियोगिताका लागि विद्यागत समिति गठन गरी तयारी भइरहेको छ’, अध्यक्ष काउचाले भने, ‘प्रतियोगिता सञ्चालन गर्न ६ लाख रुपैयाँ बजेट पाएका छौँ ।’


दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी तथा माशर्सल आर्टतर्फ कराँते, तेक्वान्दोलगायत सबै खेलमा सहभागी हुने सबै विद्यार्थीले सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । 

 

१ हजार ३ सय ३४ विद्यार्थी सहभागी हुने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछन् । 


विद्यालय स्तरका प्रतिभा छनोट गरी उत्कृष्ट खेलाडीलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ सिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्यसचिव ज्ञवालीले बताए ।

 

खेल शिक्षकलाई प्रशिक्षण

 

बुटवलले दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नु सबै वडाका विद्यालयका खेल शिक्षकलाई विशेष प्रशिक्षण दिएको थियो ।

 

बुटवल नगर खेलकुद विकास समितिमार्फत सबै १९ वटै वडाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका खेल शिक्षकलाई साताव्यापी विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो । 


सोही प्रशिक्षण लिएका शिक्षकले आ-आफ्ना विद्यालयका विद्यार्थीलाई सिकाउँदै प्रतियोगिताका लागि तयार पारेका छन् । 

 

बुटवलमा ३९ खेल मैदान तयार हुँदै

 

बुटवल उपमहानगरले खुला व्यायामशालादेखि विभिन्न खेलमैदान निर्माण तथा स्तरोन्नितको काम गरिरहेको छ । १९ वडामा ३९ वडा खेल मैदान निर्माण तथा विस्तार गर्ने गरी योजनाबद्ध कामको थालनी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष काउचाले बताए । 

 

बुटवलको एन्फा एकेडेमीका अतिरिक्त वडा नम्बर १३ जबईमा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी उपमहानगरले प्रदेश सरकारसँगको सहकार्यमा गुरुयोजना बनाएर काम गरिरहेको छ । 

 

विद्यालयमा रहेका मैदानलाई व्यवस्थित गर्ने, सबै वडामा खेल मैदान बनाउने, खुला व्यायामशाला बनाउने, खेल पूर्वाधारको विकास गर्दै दक्ष खेलाडी उत्पादन गर्ने विषयलाई उपमहानगरले नीति तथा कार्यक्रममै समावेश गरेको छ ।