close

प्रदेश २ मा दलित विकास समिति गठन 

प्रदेश २ मा दलित विकास समिति गठन 

Trulli
ADVERTISEMENT

धनुषा-  प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ । सामाजीक रूपान्तरण गर्ने उदेश्यका साथ समितिको गठन गरेको हो । 

 

प्रदेशमा झण्डै १८ प्रतिशत जनसंख्या रहेको दलित समुदाय सामाजिक, आर्थिक र राजनैतिक हिसाबले पछाडि पारिँदै आएकोले सशक्तिकरणका लागि समिति गठन गरिएको हो ।  

 

समितिको उपाध्यक्षमा राम प्रवेश वैठा,  सदस्यहरूमा सिरहा जिल्लाकी सेवकीदेवी दास र सुनिता मरिक, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा रहेका छन् ।

 

यसैगरी राष्ट्रियसभाका पूर्व सदस्य रामपृत पासवान जातीय छुवाछुत उच्च स्तरीय अनुगमन समितिको सदस्य पदमा मनोनित भएका छन ।

 

प्रदेशमा दलित विभेदलाई सम्बोधन गर्न प्रदेश स्तरीय संयन्त्र निर्माण भएको छ ।