close

दिनभर जाग्यो प्रजातन्त्र चेत, विकासमा भने सधै मतभेद (भिडियाे खबर)

दिनभर जाग्यो प्रजातन्त्र चेत, विकासमा भने सधै मतभेद (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


 
१) गोरखाको पालुङटार नगरपालिकाको आयोजनामा लिगलिगकोटमा ‘लिगलिगे साइकल दौड’ प्रतियोगिता सम्पन्न, १ सय जनाले गरे प्रतिस्पर्धा, विजयीलाई नगदसहित पुरस्कृत ।

 

२) हुम्लाको सिमकोट गाउँपालिका-८ मा पर्ने स्याँडा गाउँको गाडघट्ट खोलाबाट उत्पादन भइरहेको बिजुलीको क्यानल पाइप फुट्दा चार दिनदेखि गाउँ अन्धकार, स्थानीय मारमा ।


३) गुल्मीको रेसुंगा नगरपालिकाले सुरु गर्‍यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, नगरले २१४ जना बेरोजगारलाई १ सय दिनका लागि रोजगारी दिने ।


४) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा निर्माण हुँदै गरेको स्वास्थ्य चौकी भवन गुणस्तरहीन बनेपछि जनप्रतिनिधि पुगे अनुगमनमा, भत्काएर पुनर्निर्माण सुरु गर्न ठेकेदारलाई निर्देशन ।

 

५)  काठमाडौंको कीर्तिपुर नगरपालिकामा कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण शिविर जारी, शिविर ८ फागुनसम्म चल्ने ।

 

६) प्रजातन्त्र दिवसको अवसर पारेर नापी कार्यालय सिन्धुलीद्वारा सुनकोसी, घ्याङलेख, मरिण र तीनपाटन गाउँपालिकाका स्थानीयलाई गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरण, पुर्जा पाउँदा स्थानीय दंग ।
 

७) डडेल्धुराको भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिला भट्टले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई प्रदान गरिन् शैक्षिक सामग्री, भुवनेश्वरी प्राथमिक विद्यालयमा अध्यनरत ४६ जना बालबालिकाले पाए सामग्री ।


८) स्वास्थ्य केन्द्रका कर्मचारीले बिरामीमाथि दुव्र्यवहार गर्न लागेपछि स्थानीयले घेरे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, उपचार नपाउँदा बिरामी मारमा ।


९) नवलपुरको मध्यबिन्दु नगरपालिकामा रहेको नवजागरण नमुना माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न, नवनिर्मित भवनको नगरप्रमुख चन्द्रबहादुर रानाले गरे उद्घाटन ।


१०) नवलपुरको कावासोती नगरपालिकाको बालुवाडाँडाबाट प्यारागलाइडिङको परीक्षण उडान सम्पन्न, नगरपालिकाकी प्रमुख चन्द्रकुमारी पुनले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई गरिन् स्वागत ।


११) मोरङको पथरी शनिश्चरे नगरपालिकाद्वारा अपांगता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान, सहायक सामग्री पाउँदा स्थानीय हर्षित ।
 

१२) प्रजातन्त्र दिवसको अवसरमा रौतहटको गौर नगरपालिकाद्वारा नगरस्तरीय महिला साइकल दौड प्रतियोगिता सम्पन्न, विजयीले पाए साइकल ।


१३) काभ्रेको नमोबुद्घ नगरपालिकाका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सीप विकास तालिम, तालिममा नगरका महिलाको उल्लेख्य सहभागिता ।

 

१४) मोरङका स्थानीय तहमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सुरु, लगत संकलन गर्ने टोली वडा-वडामा  परिचालन ।


१५) रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० ले बनायो वडा कार्यालय भवन, नगरप्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले संयुक्त रूपमा गरे भवनको उद्घाटन ।

 

१६) काभ्रेको पाँचखाल नगरपालिकामा सहरी स्वास्थ्य केन्द्रको सेवा प्रारम्भ, अब नगरबासीले घर नजिकै स्वास्थ्य सेवा पाउने ।

 

१७) दाङको बबई गाउँपालिकाद्वारा अपांगता भएका व्यक्तिलाई स्वास्थ्य सामग्री वितरण, १३ जनाले पाए स्वास्थ्य सामग्री ।


१८) ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइयो, दिवसका अवसरमा रामेछाप नगरपालिकाले गर्‍यो कार्यालय परिसरमा वृक्षारोपण ।

 

१९) कालीकोटको पलाँता गाउँपालिका-१ को गणेश आधारभूत विद्यालयको भवन स्टिमेटअनुसार निर्माण नभएपछि पालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले लगाएको ताला अझै खुलेन, पठनपाठन प्रभावित ।


२०) तनहुँ जलविद्युत् आयोजनाले देवघाट गाउँपालिकाका पाँच सय घरधुरीमा बिजुली पुर्‍यायो ।