close

मुसीकोटका कर्मचारीलाई नैतिक कक्षा  

मुसीकोटका कर्मचारीलाई नैतिक कक्षा  

Trulli
ADVERTISEMENT

मुसीकोट(गुल्मी)- गुल्मीको मुसीकोट नगरपालिकाको आयोजनामा सत्यनिष्ठा र नैतिकता विषयक प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम वामीटक्सार रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको हो । 


प्रशिक्षणले कर्मचारीका लागि कार्यालय व्यवस्थापन सेवा प्रदान र समय पालनलगायत विषयमा सहयोग पुर्‍याउने सहभागी वक्ताले बताए ।

 

मुसीकोट नगरपालिकाका कर्मचारी र नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख उक्त प्रशिक्षण कार्यक्रम सहभागी थिए ।

 

मुसीकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तथा मुख्य प्रशिक्षक खिमानन्द भुसालले सत्यनिष्ठा र यो प्राप्ति गर्ने औजार, गुणलगायत विषयमा प्रशिक्षित गरेका थिए । 

 

तालिमले कर्मचारीमा कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न महत्त्पूर्ण भूमिका खेल्ने उनको विश्वास छ । 

 

भुसाल मुसीकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा साढे ३ महिनाअघि यहाँ आएका हुन् ।