close

नेपाल-बंगलादेश बैंकको क्यूआर कोड कारोबार

नेपाल-बंगलादेश बैंकको क्यूआर कोड कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल-बंगलादेश बैंकको चावहिल शाखाले काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडको माध्यमद्वारा भुक्तानी सेवा सुरु गरेको छ ।

 

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यले बैंकले एफवान सफ्टसँगको सहकार्यमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानी सेवा सुरु गरेको हो ।

 

कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सो एरियाका व्यापारीलाई क्यूआर कोड वितरण गरी सुरु गरेका थिए ।

 

डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारी खरिद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए । सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगदरहित कारोबार गर्दा हुने फाइदाबारे जानकारी दिए । 

 

उनले भने, ‘बैंकले साना तथा महिला उद्यमीलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जा उपयोग गरी आफ्नो व्यवसाय विस्तार गर्नुपर्छ ।’ 

 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवा-सुविधाबारे जानकारी गराए । ग्राहक तथा व्यापारीको सुविधालाई ध्यानमा राखी उक्त स्थानमा वल्र्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिएको बैंकले जनाएको छ । 

 

हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८२ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।