close

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेजबीच समझदारी

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेजबीच समझदारी

Trulli
ADVERTISEMENT

काठमाडौं- औद्योगिक आवश्यकताअनुसार स्नातक उपाधिधारी विद्यार्थी तयार पार्न आपसी सहकार्य गर्ने उद्देश्यले नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

महासंघ अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनामा कार्य गरी विद्यार्थीले आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने धारणा व्यक्त गरे ।

 

महासंघका एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा एडीले यस किसिमको बहुआयामिक सहकार्यबाट सिभिल इन्जिनियरिङका विद्यार्थीलाई निर्माण क्षेत्रसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गर्ने चौतारी मिल्ने बताए ।

 

एड्भान्स्ड कलेजका अध्यक्ष सिलवालले सम्झौताले विद्यार्थीमा निर्माण उद्योगको वास्तविक कार्यानुभव हासिल हुनुका साथै उनीहरूको ज्ञान र सीपको मूल्यबोध गराउने विश्वास व्यक्त गरे ।

 

कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले औद्योगिक प्रतिष्ठान र शैक्षिक प्रतिष्ठानको अर्थपूर्ण सहकार्यका माध्यमबाट दुवै संस्थाको बौद्धिक क्षमताको प्रभावकारी उपयोगमा सहयोग पुग्ने धारणा राखे । 

 

एड्भान्स्ड कलेज तथा ईआरएमसीका निर्देशक इन्जिनियर उद्धव चौलागाईंले शैक्षिक प्रतिष्ठानले औद्योगिक प्रतिष्ठानसँग सहकार्य गर्नुपर्ने बताए । 

 

भविष्यमा देशको व्यावसायिक क्षेत्रका निर्माण कार्य गर्न सक्षम प्रतिस्पर्धी इन्जिनियर उत्पादन र विकास गर्न यस किसिमको सहकार्य सकारात्मक हुने उनको धारणा छ ।