close

पाथीभरा याङ्बरकको नवौँ गाउँसभा

पाथीभरा याङ्बरकको नवौँ गाउँसभा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाको नवौँ गाउँसभा तथा हिउँदे अधिवेशनमा चालू आर्थिक वर्ष २०७७/७८ को भौतिक तथा वित्तीय प्रगतिको मध्यावधि समीक्षा गरिएको छ ।

 

सभामा मौजुदा केही ऐन तथा कार्यविधि संशोधन प्रस्तावसमेत पेस भएको छ ।

 

विधायन समितिले पेस गरेका संशोधन प्रस्तावमाथि दफाबार छलफल जारी रहेको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए । 

 

सभामा पेस भएको शिक्षा तथा खेलकुद ऐनमाथि दफाबार छलफल सुरु भएको छ ।

 

१७ फागुनभित्र दुवै ऐनलाई अन्तिम रूप दिइने गाउँपालिका अध्यक्ष सुब्बाले बताए ।