close

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो थप १ सय कर्मचारी

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो थप १ सय कर्मचारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय जना राष्ट्रिय परिचयपत्र विवरण दर्ता अपरेटर माग गरेको छ ।


काठमाडाैं उपत्यकाबाहिरका स्थानीय तहहरूका प्रत्येक वडामा सञ्चालन हुने घुम्ती टोलीमा रही नागरिकका विवरण संकलन गर्न १ सय जना विवरण दर्ता अपरेटर माग गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

 
यो जनशक्ति खुला प्रतिस्पर्धाबाट करारमा भर्ना लिन विभागले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाइ अनलाइनमार्फत दरखास्त दिन भनेको छ । विभागले थप १ सय जना जनशक्तिलाई रोस्टरमा राख्नेसमेत जनाएको छ ।