close

भारतीय सीमा सुरक्षाबलको ज्यादतीविरुद्ध नेपालीले पारे सुनौली नाका ठप्प

भारतीय सीमा सुरक्षाबलको ज्यादतीविरुद्ध नेपालीले पारे सुनौली नाका ठप्प

Trulli
ADVERTISEMENT

रूपन्देही- नेपाल-भारत सीमानाका सुनौलीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले ज्यादती गरेको भन्दै नेपालीले नाका अवरुद्ध पारेका छन् ।

 

भारतीय पक्षले नेपालीलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरूले शनिबार सीमामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएका हुन् ।

 

भारतबाट नेपाल आउन नाका खुला गरिए पनि नेपालीलाई भारत जान रोक लगाएपछि विरोध उत्रिएको उनीहरूले बताएका हुन् ।


नेपालीहरूले आवागमन ठप्प पार्ने गरी नाकामा विरोध प्रदर्शनमा उत्रिएपछि नेपाल-भारतका सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ ।

 

नाका अवरुद्ध भएपछि सीमा सुरक्षाका अधिकारीसँग छलफल गरी खुलाउने पहल भइरहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेल बताए ।

 

भारतीय पक्षले नेपालीलाई किनमेलका लागि भारत जान रोक लगाएपछि विरोध प्रदर्शन भएको घिमिरको भनाइ छ ।

 

दुई देशका सुरक्षा निकायबीच छलफल गरी समस्या समाधानको पहल भइरहेको घिमिरेले जानकारी दिए ।