close

बाजुराका किसानलाई कृषि ज्ञान केन्द्रकाे राहत 

बाजुराका किसानलाई कृषि ज्ञान केन्द्रकाे राहत 

Trulli
ADVERTISEMENT

बाजुरा- कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका विभिन्न स्थानीय तहका कृषकलाई राहत वितरण अभियान सञ्चालन गरेको छ । गत बर्खामा बाढीपहिरोमा परी बालीको क्षति बेहोरेका किसानलाई राहत बाँड्न थालिएको हो ।

 

जिल्लाका विभिन्न स्थानीय तहमा बर्खाको समय बाढीपहिरोपीडित कृषकलाई सो राहत वितरण गरिन थालेको ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बताए ।

 

बाजुरका जिल्लाका ९ वटै स्थानीय तहका बाढीपहिरोको चपेटामा परेका कृषकका लागि सो प्याकेज ल्याइएको ज्ञान केन्द्र प्रमुख सिजापतिले जानकारी दिए । ‘गत साउन-भदौको बाढीपहिरोले अन्नबाली नोक्सानीमा परेका कृषकलाई राहत सहयोग दिन लागेका हौँ’, सिजापतिले भने ।

 

कृषकलाई वितरण गरिने राहतअन्तर्गत बिउबिजन सम्बन्धित स्थानीय तह र वडामै उपलब्ध गराउने गरी सामग्री पु¥याइसकेको सिजापतिको भनाइ छ ।