close

धार्मिक सहिष्णुताको नमुना बन्दै सम्सी गाउँपालिका(भिडियाे खबर)

धार्मिक सहिष्णुताको नमुना बन्दै सम्सी गाउँपालिका(भिडियाे खबर)

ADVERTISEMENT

महोत्तरी- विश्वभर धर्मको विषयमा लडाइँ चलिरहेकै छ । छिमेकी भारतमा पनि हिन्दु-मुस्लिमबीच पटक-पटक झडप, विवाद हुने गरेको छ । 


अझ कट्टरपन्थी मुलुकमा त यसैलाई आधार बनाएर तोडफोड र हिंसा हुने गरेको छ । तर, नेपाल योभन्दा अलिक पृथक छ । धार्मिक सहिष्णुताको नमुना नेपालमा देख्न पाइन्छ । अझ, महोत्तरी त धार्मिक सहिष्णुता भएको जिल्लाकै रूपमा परिचित छ ।


जिल्लाको सम्सी गाउँपालिकामा यस्तै सहिष्णुता देख्न सकिन्छ, जसलाई कायम राख्न स्थानीय सरकार पनि लागिपरेका छन् । 

 

धर्म र धार्मिक सहिष्णुता भन्ने कुरा नेपाली समाजमा निकै पहिलेदेखि नै चलिआएको थियो । यो सहिष्णुताको पद्धति आजसम्म पनि कायमै छ ।  धर्म भनेको व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति, प्रकृति र स्वभाव हो भनेर शब्दकोशले समेत परिभाषित गरेको छ ।

 

यस्तै, परिभाषा गरेको बहुसंख्यक मुस्लिम र हिन्दु बाहुल्य रहेको महोत्तरीको सम्सी गाउँपालिकामा धार्मिक सहिष्णुतालाई सन्तुलन बनाइराख्न जनप्रतिनिधि पनि लागिपरेका छन् । 


महोत्तरीको सम्सी गाउँमा ६ सय ५ घर मुस्लिम र ४/५ सय हिन्दु छन् । यहाँ मन्दिर र मस्जिद पनि उत्तिकै छन् । भारतको बिहार प्रदेशसँग खुला सीमा जोडिएकाले भारतीय संस्कृतिको प्रभाव बढी देखिए पनि समस्याग्रस्त  हुन नदिन सम्सीका सर्वसाधारण संवेदनशील छन् । 

 

अझ अचम्मलाग्दो विषय के भने यहाँका सर्वसाधारणले मुस्लिम र हिन्दुको चाडपर्वलाई साझा बनाएका छन् । त्यसो त, यहाँका जनप्रतिनिधिले  सामुदायिक सदभाव र धार्मिक सहिष्णुतालाई सन्तुलन बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

 

सर्वसाधारणमा गलत सन्देश प्रवाह हुन नदिन स्थानीय सरकार निर्माणसमेत संयमित भएर बनाइएको सम्सी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष इमाम आलम बताउँछन् ।

 

गाउँपालिकाभरि दुई दर्जन बढी मस्जिद छन् भने त्यति नै संख्यामा मन्दिर छन् । मन्दिरमा पाठपूजा गर्दा होस् वा प्रवचन गर्दा, मस्जिदमा नमाज पढ्दा नै किन नहोस्, सर्वसाधारणले यसलाई धार्मिक सद्भाव र सामुदायिक एकीकरणको रूपमा लिने गरेको स्थानीय सहबाज आलम सुनाउँछन् ।

 

आफू जन्मेको माटो र आमालाई सर्वोच्च ठान्ने मूलमन्त्र जपेको छ, हाम्रो सभ्यताले । त्यसैले त संस्कृति जोगाउन महोत्तरीको सम्सीमा देखिएको सहिष्णुता साँच्चै लोभलाग्दो छ ।