close

उदयपुरमा हाेटल अनुगमन: दर्जनले पाए गुणस्तर लोगो 

उदयपुरमा हाेटल अनुगमन: दर्जनले पाए गुणस्तर लोगो 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरका दर्जन होटलले गुणस्तर लोगो प्राप्त गरेका छन् । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरले अनुगमन गरी ती होटललाई गुणस्तर लोगो प्रदान गरेको हो ।


अनुगमनका क्रममा होटल सञ्चालन गर्दा पूरा गर्नुपर्ने मापदण्ड, खाद्यको गुणस्तर तथा सरसफाइलगायत प्रक्रिया पूरा गरेका होटललाई गुणस्तर लोगो प्रदान गरिएको डिभिजन प्रमुख रमेश दाहालले बताए । 

 

जिल्ला अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, नगरपालिका, उद्योग वाणिज्य संघ र पत्रकार संलग्न टोलीले गरेको पटक-पटकको अनुगमनपछि  होटललाई गुणस्तर प्रमाणस्वरूप लोगो प्रदान गरिएको छ ।

 

त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी र डिभिजन प्रमुख दाहालले विभिन्न होटल सञ्चालकलाई लोगो प्रदान गरे । 

 

होटलमा बासी खाना खुवाउने तथा मापदण्डअनुसारको खाद्यान्न नहुने र आवश्यक सरसफाइ नभएको गुनासो आएपछि एक वर्षयता डिभिजनले नियमित अनुगमन गर्दै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला अनुगमन समितिले होटलमा नियमित अनुगमन गर्दै आएको हो । 


डिभिजन कार्यालयले खाद्यान्नको गुणस्तर कायम नगर्ने तथा सरसफाइजस्ता मापदण्ड नपुग्ने आधा दर्जन बढी होटललाई कारबाही गरिसकेको डिभिजन प्रमुख दाहालले जानकारी दिए ।