close

छाेरी दिन हुन्थ्याे गाउँमा खानेपानी नै रहेनछ

छाेरी दिन हुन्थ्याे गाउँमा खानेपानी नै रहेनछ

Trulli
ADVERTISEMENT

मोरङमोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर तिल्केनीका स्थानीयलाई राती सुत्दा भोलि बिहान धारामा पानी आउने/नआउने चिन्ताले सताउने गरेको लामो समय बितिसकेको

 

मिक्लाजुङका करिब सय परिवार आज पानी खान पाइयो, भोलि पाइन्छ/पाइँदैन भन्ने चिन्तामा हुने गर्छन् प्रत्येक घरले पानी थाप्दाथाप्दै धारो बन्द भए भोलिपल्ट अघिल्लो दिन थाप्नेले पनि पानी पाउँदैनन्

 

अघिल्लो दिन पानी भर्नेले भोलिपल्ट खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको गृहिणी निर्मला बास्तोलाले बताइन् दैनिक दुई गाग्रो पानी लगेर त्यसैले बालबालिकाको कपडा धुनेदेखि अन्य घरायसी काममा समेत प्रयोग गर्नुपर्ने बाध्यता ’, उनले भनिन्

 

भएकै धारामा दैनिक पानी नचुहिएपछि स्थानीयले खोलाबाटै पानी ल्याएर जीविका चलाइरहेका छन् सफारीमा ५० रुपैयाँ गाग्रीले खोलाको पानी ल्याएरसमेत खानुपरेको स्थानीय निमलक्की खड्काले बताइन् परिवारलाई दैनिक १०१५  गाग्री चाहिन्छ तर, उनीहरूले गाग्रीभन्दा बढी पाउन सकेका छैनन्

 

कमाएर घरमा पैसा ल्याउने युवाहरू वैदेशिक रोजगारीमै छन् कारण एउटै हो, गाउँघरमा अन्नबाली उब्जने खेतबारी सिँचाइका कारण बाँझै भएपछि युवाहरूका लागि बिदेसिनु बाध्यता हो

 

विद्यार्थीहरू पनि बिहान बज्नु अगाडि नै पानी थाप्न लाइनमा बस्ने गरेका छन् लाइनमा बसेर पानी भर्नुपर्दा विद्यालय नै जान नपाइने गरेको उनीहरूको सामूहिक गुनासो अधिकांश समय पानी लिन आउँदा विद्यालय जाने समय धारामै बित्ने गरेको ’, विद्यार्थी पूजा साम्बाले भनिन्

 

पहाडी बस्ती रहेको यो क्षेत्रमा पानीको यति धेरै हाहाकार , समस्या बुझेकाहरूले छोरी दिनै मान्दैनन् पानीको समस्याकै कारण तिल्के वासिन्दालाई बुहारी भित्र्याउनै समस्या पानी अभावकै कारण बसाइँ सर्नेको लर्कोसमेत लाग्ने गरेको वृद्धहरू पनि उज्यालो भुइँमा खस्न नपाउँदै लाइनमा बस्नु परेको सुनाउँछन्

 

एक वृद्धा नाम नबताउने सर्तमा भन्छिन्, ‘ केही वर्षअगाडि धारा जडान गर्न आएका प्राविधिकलाई भाले नखुवाएको भए अहिलेसम्म धारासमेत देख्न पाइँदैन थियो

 

तिल्केनीमा पानी अभावकै कारण व्यावसायिक रूपमा पशुपालनसमेत गरिँदैन चुनावमा पानीको योजना पार्ने आश्वासन दिएका जनप्रतिनिधिहरूले भने आफुले गरेको वाचा पु¥याउन सकेका छैनन् खानेपानी समस्या समाधान गर्न थप ट्यांकी थपिएकाले चाँडै समस्या समाधान हुने मिक्लाजुङ गाउँपालिका वडा नम्बर का वडाध्यक्ष मणि राईले बताए

 

ट्यांकी सञ्चालनमा आएपछि केही सहज हुने उनको भनाइ खानेपानीको समस्या समाधान गर्न ठूलो बजेट आवश्यक रहेकाले प्रदेश तथा संघीय सरकारसँग माग गरिएको राईले जानकारी दिए प्रदेश कै राजधानी रहेको जिल्लामा खानेपानीको अवस्था भयावह हुँदा पनि कसैले नहेरेको स्थानीयको गुनासो