close

निजगढ जंगलमा सडक दुर्घटना, घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

निजगढ जंगलमा सडक दुर्घटना, घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

Trulli
ADVERTISEMENT

धनुषा– जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी छटपटाइरहेका ४ जना घाइतेलाई प्रदेश प्रमुख राजेश झा (अहिराज)ले उद्धार गरेका छन् ।

 

जितपुर गइरहेका झाले घाइतेलाई आफ्नै गाडीमा राखेर चन्द्रनिगाहपुर अस्पताल पठाएका हुन् । 

 

नागरिक जीवनरक्षाभन्दा ठूलो कुनै कार्यक्रम नहुने उनले बताए । घाइते र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।