close

उद्यमी बन्न चाहनेलाई सीपसँगै बिनाब्याज ३ लाख ऋण

उद्यमी बन्न चाहनेलाई सीपसँगै बिनाब्याज ३ लाख ऋण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले २१ र २२ फागुनमा उद्यमी लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 

नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिलाई अभिमुखीकरण दिन लागिएको हो । 

 

नगरपालिकाका अनुसार कार्यक्रममा प्रारम्भिक चरणमा छनोट भएका व्यक्तिलाई अभिमुखीकरणमा सहभागि गराइनेछ । कार्यक्रमअन्तर्गत १ हजार १२ जना निवेदक छनोटमा परेका थिए । 

 

नगरपालिकाको ७औँ नगरसभाले उक्त कार्यक्रम पारित गरेको थियो । अभिमुखीकरणमार्फत छनोट भएका नागरिकलाई नगरले निर्ब्याजी ३ लाख रुपैयाँ वितरण गर्नेछ । उक्त रकमबाट व्यवसाय सञ्चालन गर्नुपर्नेछ । 

 

कार्यक्रमका लागि नगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार छनोट भएकामध्ये पहिलो र दोस्रो चरणमा गरी ६ सय जनालाई कार्यक्रममा सहभागी गराइनेछ । पछि निवेदक सबैलाई सहभागी गराउने योजना नगरको छ ।


अभिमुखीकरण वडा नम्बर १ देखि ५ सम्म २१ फागुन र वडा नम्बर ६ देखि ९ सम्मलाई २२ फागुनमा नेपाल इन्जिनियरिङ कलेजमा दिइनेछ ।