close

मैवाखोलाका सामुदायिक विद्यालय : १५ दिन बढी गयल हुने शिक्षकलाई कारबाही 

मैवाखोलाका सामुदायिक विद्यालय : १५ दिन बढी गयल हुने शिक्षकलाई कारबाही 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक १५ दिनभन्दा बढी समय गयल भए अनिवार्य स्पष्टीकरण दिन उपस्थित हुनुपर्ने गरी पत्र काटेको छ । 


गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई पत्र लेख्दै कार्यरत शिक्षक १५ दिनभन्दा बढी गयल भए १६ फागुनभित्र बिदा बस्नुको कारण र प्रमाणसहित अनिवार्य विद्यालयमा उपस्थित हुन पत्र काटेको हो ।

 

१५ दिन बढी बिदामा बसेको भए त्यसको कारण र प्रमाणसहित अनिवार्य विद्यालयमा उपस्थित हुन र ३ दिनभित्र त्यसको जानकारी विद्यालय प्रशासनले गाउँपालिलाई गराउनुपर्नेछ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले पालिकाभित्रका विद्यालयमा कसैले सट्टा शिक्षक राखेको भेटिए कारबाही अघि बढाउने पत्रसमेत सबै सामुदायिक विद्यालयलाई प्रेषित गरेका छन् । 

 

सिदिङ्वा र मैवाखोलाले छाने लेखा परीक्षक

ताप्लेजुङको सिदिङ्वा र मैवाखोला गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको लेखा परीक्षण गर्न लेखा परीक्षक छनोट गरेका छन् ।


सिदिङ्वा गाउँपालिकाले १२ र मैवाखोला गाउँपालिकाले ९ जना लेखा परीक्षक छनोट गरेका हुन् । मंगलबार छानिएका सिदिङ्वाका लेखा परीक्षकलाई सम्झौताका लागि १७ फागुनसम्मको समय दिइएको छ । 


निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार ठाकुरले छानिएका लेखा परीक्षकले गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आएर सम्झौता गर्नुपर्ने बताए । तोकिएका लेखा परीक्षकलाई सम्झौताकै बेला मात्र लेखा परीक्षण गर्ने विद्यालयको सूची दिइने उनको भनाइ छ ।


लेखा परीक्षकले नियुक्ति लिएको ३० दिनभित्र लेखा परीक्षण सकेर त्यसको प्रतिवेदन गाउँपालिकामा बुझाउनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरले जानकारी दिए । मैवाखोलाले भने ३ देखि ४ वटा विद्यालयको दरले लेखा परीक्षण गर्ने गरी लेखा परीक्षकलाई नै लेखा परीक्षण गर्ने जिम्मेवारी पाएका विद्यालयको नाम सुरुमै उपलब्ध गराएको छ । 


प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले चाँडो कार्य सम्पादनका लागि विद्यालय नै तोकेर जिम्मेवारी दिएको बताइन् । दुवै पालिकाले यसअघि नै पालिका वा सम्बन्धित विद्यालयमा उपस्थित भएर मात्रै लेखा परीक्षण गर्न पाउने गरी दरखास्त आह्वान गरेका थिए ।

 

अहिले स्थानीय तहले आफ्ना पालिकाभित्रका सामुदायिक विद्यालयको आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षण गराइरहेका छन् ।