close

फुङ्लिङले तोक्यो रासायनिक मलको मूल्य

फुङ्लिङले तोक्यो रासायनिक मलको मूल्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नगरपालिकामा सूचीकृत भई बिक्री गर्न छनोट भएका संस्थाहरूलाई मलको दररेट तोकेको छ । नगर उपप्रमुख बमबहादुर भट्टराईका अनुसार डिएपी मल प्रतिकिलो ५० रुपैयाँ ६८ पैसा र युरिया प्रतिकिलो २१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।


फुङ्लिङको वडा नम्बर १० फुरुम्बु र वडा नम्बर ११ फावाखोलाको वडा कार्यालय रहेको केन्द्रबाट मल बिक्री गरे बिक्रेता संस्थाले प्रतिकिलो ३ रुपैयाँ ७५ पैसा थप ढुवानी भाडाबापत लिन पाउने व्यवस्था गरेको छ । 


नगरपालिकाको रासायनिक मल वितरण व्यवस्थापन समितिको बैठकले फुङ्लिङको वडा नम्बर ३ र ८ का लागि रासायनिक मल बिक्री गर्न छनाट भएको फुङ्लिङ वडा नम्बर ३ स्थित कञ्चनजंघा कृषि सहकारी संस्थाले तत्काल मल ल्याउन नसक्ने अवस्था देखिएकाले सो जिम्मेवारी वडा नम्बर ५ स्थित ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थालाई वडाहरूमा मल बिक्रीका लागि अनुमति दिनेसमेत निर्णय गरेको नगर उपप्रमुख भट्टराईले जानकारी दिए ।