प्रतिनिधिसभा पुर्नस्थापना, १३ दिनभित्र बैठक बस्नुपर्ने 


  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर  गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न आदेश दिएको छ ।

प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनमा जाने घोषणा गरेका थिए । अदालतको यो आदेशसँगै अबको १३ दिनपछि अर्थात २४ गतेसम्ममा बैठक बसिसक्नुपर्नेछ ।

अदालतले लामो सुनुवाइ पछि आज पुर्नस्थापना गर्न आदेश दिएको हो ।  अदालतको यो फैसलासँगै अव प्रतिनिसभा पुनः व्युँतिएको छ भने् प्रधानमन्त्री ओली राजनीतिक र नैतिक संकटमा फसेका छन् ।