close

सुत्केरीलाई भत्ता, जागे है जनता (भिडियो खबर)

सुत्केरीलाई भत्ता, जागे है जनता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

१) बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशंकर यादवले किर्ते गरेर नगरसभा गरेको भन्दै वडाअध्यक्षहरूले काठमाडौंमा गरे पत्रकार सम्मेलन, दोषीमाथि कारबाही गर्न वडाध्यक्षहरूको माग ।

 

२) उदयपुरको रौतामाई गाउँपालिकाले थाल्यो सुत्केरीलाई कोसेली दिने अभियान, प्रतिसुत्केरी ७ हजार ५ सय रुपैयाँ बराबरको विभिन्न सामग्री बाँडिने ।


३) मुगुको छायानाथ रारा नगरपालिकाद्वारा एकल पुरुषलाई भत्ता दिन सुरु, एकल पुरुषले मसिक ५ सय भत्ता पाउने ।


४) पर्वतको कुश्मा नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ हाजिर, जनप्रतिनिधि र कर्मचारीले गुरुङलाई गरे स्वागत ।


५) ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले छनोट भएका संस्थाहरूले बिक्री गर्न पाउने रासायनिक मलको तोक्यो दररेट, डिएपी प्रतिकिलो ५० रुपैयाँ ६८ पैसा र युरिया २१ रुपैयाँ ६८ पैसामा बेच्नुपर्ने ।


६) ललितपुरको गोदावरी नगरपालिकामा सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु, गणक टोली घरघरमा पुग्ने ।


७) हुम्लाको चंखेली गाउँपालिका–४ मा रहेकोे स्वास्थ्य चौकी तीन महिनादेखि बन्द, स्थानीय औषधोपचारबाट वञ्चित ।


८) पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका जनप्रतिनिधिलाई स्वास्थ्य बिमा बोर्डले बिमाका विभिन्न विषयमा जानकारी गरायो, कार्यक्रममा अन्य सरोकारवालाको पनि सहभागिता ।


९) दाङको घोराही उपमहानगरपालिकाको आयोजनामा टोल विकास संस्थाका महिला लक्षित लैंगिक सामाजिक समावेशीकरण तथा प्रजनन स्वास्थ्य विषयमा तालिम दिइँदै, १२ फागुनमा तालिम सम्पन्न हुने ।


१०) भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, अब नगरबासी बन्ने भए उद्यमी ।

 

११) कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडकसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते, छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्ट प्रहरी नियन्त्रणमा ।


१२) भूमिसम्बन्धी समस्या समाधानका लागि हेटौँडा उपमहानगरपालिकाद्वारा अभिमुखीकरण, उपमहानगरपालिकाका १९ वटै वडामा भूमिहीनहरूको लगत संकलन गरिने ।


१३) स्याङ्जाको गल्याङ नगरपालिकाको रुपाखानी–मोहनडाँडा ग्रामीण सडक स्तरोन्नति गरिने, नगरप्रमुख भूपराज अधिकारीले गरे सडकको शिलान्यास ।


१४) काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन निर्माण सुरु, यही वर्ष वडा नम्बर २, ७, ८, ९ र १० को कार्यालय भवन निर्माण सम्पन्न हुने 


 
१५) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने, बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ३ हजार ५४ विद्यार्थीले पाउने भए खाजा ।


 
१६) पर्वतको पैँयु गाउँपालिका वडा नम्बर ६ सरौखोलाको वडा कार्यालय भवन निर्माणका स्थानीय नीलकण्ठ तिवारीले गरे निःशुल्क जग्गा दान, अब वडा कार्यालयको भवन बन्ने ।


१७) नगरलाई सीमसारको राजधानी बनाउन जुट्यो मोरङको बेलबारी  नगरपालिका, २१ वटा सीमसार क्षेत्र पुग्ने स्थलमा पूर्वाधार निर्माण गरिने ।

 
१८) काभ्रेको बनेपा नगरपालिकाद्वारा आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका १२ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण, बालकालिकाले पाए मासिक ३ हजारका दरले भत्ता ।


१९) आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवमा अवलोकनकर्ताको घुइँचो, महोत्सव १५ फागुनसम्म चल्ने ।

 

२०) दाङको तुलसीपुर उपमहानगरपालिकामा होमस्टे सञ्चालकका लागि ५ दिने होमस्टे सञ्चालन र व्यवस्थापन तालिम सुरु, नगरप्रमुख घनश्याम पाण्डेले गरे तालिमको उद्घाटन ।