close

हट्यो कर्मचारीको काज सरुवा अन्योल

हट्यो कर्मचारीको काज सरुवा अन्योल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सरकारले कर्मचारीको काज सरुवामा देखिएको अन्योल हटाएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै अन्तरस्थानीय तहमा समयावधि किटान गरी कामकाजमा खटाइएको हकमा सो काज अर्को व्यवस्था नहुन्जेल कायम हुने जनाएको छ ।

 

मन्त्रालयका अनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा (१२) बमोजिम लोक सेवा आयोगबाट सिफारिस भएर विभिन्न स्थानीय तहमा नियुक्त भई कार्यरत कर्मचारीलाई स्थानीय तहको दोहोरो सहमतिको आधारमा विभिन्न सेवा समूह र उप-समूहका कर्मचारीलाई अन्तरस्थानीय तहमा खटाइकामा सो काज अर्को व्यवस्था नहुन्जेल लागि कायम हुनेछ ।