close

डडेलधुरा अस्पतालमा दूरबिनबाटै पित्तथैली पत्थरीको शल्यक्रिया

डडेलधुरा अस्पतालमा दूरबिनबाटै पित्तथैली पत्थरीको शल्यक्रिया

Trulli
ADVERTISEMENT

डडेलधुरा- डडेलधुरा अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट पित्तथैली पत्थरीको सफल शल्यक्रिया गरिएको छ । जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक मंगलबार दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको हो ।


अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा. तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पत्थरीको अप्रेसन गरेको हो ।

 

अस्पतालमा पहिलो पटक ५४ वर्षीय पुरुष बिरामीको दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले जानकारी दिए ।


‘ती पुरुषको पित्तथैलीमा रहेको पत्थरी एउटा ठोस पदार्थ ढुंगाजस्तो थियो । त्यसलाई हामीले दूरबिनबाट निकालेका हौँ,’ डा. श्रेष्ठले भने, ‘पित्तथैलीको पत्थरीले पछि गएर क्यान्सरसमेत हुन सक्छ । त्यसैले यसको समयमै उपचार गरिहाल्नुपर्छ ।’


अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो । त्यसपछि पुसमा एपेन्डिसाइटिसको पनि दूरबिनबाटै शल्यक्रिया गरिएको थियो । अस्पतालमा पित्तथैलीको पत्थरीको भने ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिएको यो पहिलो पटक हो ।


पित्तथैलीमा पत्थरी भएको सामान्य अवस्थामा कुनै लक्षण देखा पर्दैन । तर, पित्तथैलीको पत्थरी बढ्दै गए लक्षण देखिन थाल्ने चिकित्कस बताउँछन् । माथिल्लो पेट र पिठ्युँ दुख्ने, पेट पोल्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिने डा. श्रेष्ठले बताए ।