close

फलेवासका ४ वर्षे उपलब्धि सार्वजनिक

फलेवासका ४ वर्षे उपलब्धि सार्वजनिक

Trulli
ADVERTISEMENT

पर्वत- पर्वतको फलेवास नगरपालिकाले झन्डै ४ वर्षे अवधिमा भएका उपलब्धि सार्वजनिक गरेको छ । अहिलेसम्म नगरपालिकाले अगाडि सारेका र सुरु गरेका योजनामा ३३ वटा उपलब्धिलाई महत्त्वपूर्ण मानेर सार्वजनिक गरेको हो । 

 

फलेवासले सुरुमा सडक मापदण्ड निर्धारण र कार्यान्वयन, सेन्टर, भित्री र बाहिरी चक्रपथ निर्माण सम्पन्न गरेको छ भने मुख्य बस्तीको ५ मिनेटको दूरीमा सडक विस्तार भएको जनाएको छ ।

 

बहुचर्चित कालीगण्डकी जलाशययुक्त परियोजनाको अवधारणा फलेवास नगरपालिकाले आफैंले अघि सारेको दाबी गरेको छ । यो अहिले राष्ट्रिय योजनामा समावेश भई सम्भाव्यता अध्ययनको क्रममा छ ।

 

नगरपालिकाले नागरिकको जीवनस्तर उकास्न बिरुवा हाम्रो फल तपार्ईंको कार्यक्रम, टनेल हाम्रो उत्पादन तपाईंको कार्यक्रम, ज्येष्ठ नागरिकसँग नगरपालिका कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।

 

अन्यत्र सिफारिस गर्नुपर्ने प्रसूति तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा, क्लिन फलेवास ग्रिन फलेवास अभियान, श्रमिक पेन्सन योजना तथा श्रमिक कल्याणकारी कोषसमेत प्रभावकारी रूपमा अघि बढाइएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । 


फलेवासलाई देशकै नमुना नगरपालिकाका रूपमा परिचित गराउन सफल भएको शर्माको दाबी छ । जनप्रतिनिधि निर्वाचित भएपछि ४६ वटा ऐन-कानुन निर्माण र कार्यान्वयन गरिएको छ । 

 

नगरपालिकाले भौतिक संरचना निर्माण, सडक, शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, खेलकुद, कृषि, पर्यटनलगायत क्षेत्रमा काम गरिरहेको शर्माको भनाइ छ ।