close

खोप सेवा प्रभावकारी बनाउन राप्तीका जनप्रतिनिधिको पहल

खोप सेवा प्रभावकारी बनाउन राप्तीका जनप्रतिनिधिको पहल

Trulli
ADVERTISEMENT

दाङ- राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत राप्ती गाउँपालिकामा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिबीच छलफल आयोजना गरिएको छ । 

 

नेपालमा महामारी बिफर उम्मूलनपछि विस्तारित खोप आयोजनाको नामबाट २०३५ मा खोप सेवा सुरु भएको थियो । हाल खोप सेवाले आमा र बच्चाको मृत्युदर घटेको, अशक्तता दर घटेको छ ।

 

खोप सेवाको विस्तारसँगै यसको प्रभावकारिता थप बलियो बनाउन जनप्रतिनिधिले स्वास्थ्यकर्मीसँग छलफल गरेका हुन् ।


पालिका तहको स्वीकृत कार्यक्रममा गुणस्तर र एकरूपता कायम गर्ने तथा वडा स्तरदेखि नै योजना तयारी, बच्चाको खोजी र खोप प्रदान गर्ने, पूर्ण खोपको सुनिश्चितता एवं दिगोपनाको निरन्तरता, खोप कोल्डचेन सामग्री आपूर्ति र व्यवस्थापनमा सुधार गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । 

 

खोप कार्यक्रमको सबै तहमा निरन्तर अनुगमन गरेर लक्षित समूहले खोप पाएको सुनिश्चितता गर्न स्थानीय स्तरमै बनाइएको योजना, खोपबाट वञ्चित हुन सक्ने क्षेत्र, वर्ग, जाति एवं समुदायको पहिचान र कारणको विश्लेषण गर्न, स्थानीय समुदाय र सरोकारवालाको सहभागिता बढाउने निर्णय छलफलले गरेको छ ।