close

दोस्रो तिलोत्तमा रनिङ सिल्ड छनोट प्रतियोगिता

दोस्रो तिलोत्तमा रनिङ सिल्ड छनोट प्रतियोगिता

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ नारासहित प्रतियोगिता सुरु भएको हो । 

 

प्रतियोगिताको तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । घिमिरेले प्रतियोगितामा सहभागी खेलाडीलाई स्वस्थ स्पर्धाका लागि आग्रह गरे । 


तिलोत्तमा नगरको वार्षिक कार्यतालिकाअनुसार आयोजना गरिएको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने उनको विश्वास छ । तिलोत्तमा नगरको आयोजना तथा नगर खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता भएको हो । 


तिलोत्तमाको वडा नम्बर ४ मा अवस्थित स्थानीय जनज्योति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा नगरका ३१ वटा विद्यालयले १७ विधाका लागि स्पर्धा गर्दै छन् ।


प्रतियोगिताअन्तर्गत पहिलो दिन १५ सय मिटर दौड, छात्रा तथा छात्रा भलिबल, तेक्वान्दो, सटपुट, कबड्डीलगायत इभेन्टमा प्रतिस्पर्धा हुने खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । 

 

२ दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न विधागत प्रतिस्पर्धामा पहिलो हुने प्रतियोगी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन् ।