close

अजयमेरुको विकट क्षेत्र बिजुलमा पुग्यो सडक र सवारी 

अजयमेरुको विकट क्षेत्र बिजुलमा पुग्यो सडक र सवारी 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा नम्बर ४ बिजुल सडक सञ्जालसँग जोडिएको छ । गाउँपालिकाको विकट क्षेत्रको रूपमा यो क्षेत्र बैतडी सीमासँग जोडिएको छ ।

 

सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियानअन्तर्गत अनारखोली-देवल सडकको दूधपोखरीबाट बिजुल पुगेको सडकको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले उद्घाटन गरे ।
 

सडक उद्घाटन अवसरमा गाउँपालिका अध्यक्ष भट्टले वडाभित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथमिकता दिइएको बताए ।

 

सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सामाजिक कार्यमा पनि गाउँपालिकाले प्राथमिकता दिएर काम गरिरहेको उनले जानकारी दिए ।

 

गाउँपालिकाको आफ्नै डोजरले बिजुलसम्मको सडक काटिएको हो । करिब १६ घरधुरी रहेको गाउँका बासिन्दालाई सडक सञ्जालले जोडिएपछि आउजाउमा सहज हुनेछ ।

 

सडक उद्घाटन गर्न पुगेका जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीयले फूलमालाले स्वागत गरेका थिए ।