close

नेकपाको मुख्य सचेतकबाट देव गुरुङ हटाइए, विशाल भट्टराईलाई जिम्मेवारी 

नेकपाको मुख्य सचेतकबाट देव गुरुङ हटाइए, विशाल भट्टराईलाई जिम्मेवारी 

Trulli
ADVERTISEMENT

 

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको  मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गरेका छन् । 

 

नेकपाभित्र आन्तरिक विभाजन आएसँगै ओली खेमाले देव गुरुङलाई जिम्मेवारीमुक्त गरी भट्टराईलाई जिम्मेवारी दिएको हो । 

 

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३  बमोजिम भट्टराईलाई मनोनित गरेको जनाएका छन् ।

 

विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशिल भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम निर्वाचनमा  खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।