close

देशभर पुग्दैछ कञ्चनजंघाको पानी, कृषिमा भयो लोभलाग्दो लगानी (भिडियो खबर) 

देशभर पुग्दैछ कञ्चनजंघाको पानी, कृषिमा भयो लोभलाग्दो लगानी (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा फेरि भेटियो बर्डफ्लु, तारकेश्वरको साङ्लाफाँटमा १४ हजारभन्दा बढी कुखुरा नष्ट ।


२) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सहीछाप गराएको खुलासा, दर्लामीले संस्थालाई बदनाम गराउन खोजेको खड्काको आरोप ।


३) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, अधिवेशनले मिनरल वाटर उद्योग स्थापनाका लागि डिपिआरको टुंगो लगायो ।


४) काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माण सुरु, १६ असार २०७८ भित्र भवन निर्माण सक्न सिद्धिविनायक निर्माण सेवासँग सम्झौता ।


५) डोटीको दिपायल सिलगढी नगरपालिकाको दुर्गा माविको चारकोठे भवन निर्माण गरिने, नगरप्रमुख मञ्जु मलासीले गरिन् भवनको शिलान्यास ।


६) मोरङको बेलबारी नगरपालिकाले महिलाका लागि लोक सेवाको कक्षा सञ्चालन गर्ने, इच्छुकले १९ फागुनसम्म नगरपालिकामा कागजात पेस गर्नुपर्ने ।


७) ललितपुरको गोदावरी नगरपालिकाको आयोजनामा विषयगत शाखाका कर्मचारी र वडा कार्यालयका कर्मचारीका लागि पुनर्ताजगी तालिम सम्पन्न, अब्बल बन्दै नगरका कर्मचारी ।


८) दार्चुलाको नौगाड गाउँपालिकाका स्वास्थ्यकर्मीले घरघरमै पुगेर जाँच्न थाले सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य, स्वास्थ्यकर्मीले बच्चा पाइसकेको ३ दिन, ७ दिन र ४२ दिनमा घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने ।


९) प्युठानको माण्डवी गाउँपालिकाद्वारा देवीस्थानमा चिस्यान केन्द्र निर्माण, कृषिजन्य बिउ भैरहवा, दाङ लगेर स्टोर गर्नुपर्ने समस्याको अन्त्य ।


१०) काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने, नगरप्रमुखको नेतृत्वमा समिति गठन हुने ।


११) स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम दिन थाल्यो, बाँझो रहेका जमिन हरिभरा हुन थाले ।


१२) काठमाडौंको तारकेश्वर नगरपालिका-१० कोे नयाँ वडा कार्यालय भवन बन्ने, आगामी एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने पालिकाको लक्ष्य ।


१३) उच्च अदालत तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाले जग्गाधनी पुर्जा वितरणका लागि स्थानीयसँग लिँदै आएको राजस्व नलिन यसअघि गरेको आदेशलाई दियो निरन्तरता, अब निर्णय कार्यान्वयन बाध्यकारी ।


१४) तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले किसानलाई मकैको बिउ वितरण गर्ने, ७५ प्रतिशत अनुदानमा बिउ लिन किसानलाई पालिकाको आग्रह ।


१५) सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसरमा गोरखाको बारपाक-सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा, पालिका मातहतका अन्य कार्यालय पनि बन्द ।


१६) म्याग्दीको बेनी नगरपालिकाको ठूलोबगरस्थित कालीगण्डकी नदीको बगरमा मापदण्डविपरीत नदी दोहनमा प्रयोग भएको डोजर र टिपर प्रहरी नियन्त्रणमा, सम्झौता कार्यान्वयन नगरेको खुलासा ।

 

१७) पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको वडा नम्बर ७ र १३ जोड्ने पक्की पुल निर्माण हुने, २१ महिनामा निर्माण सम्पन्न गर्ने गरी पुलको ठेक्का सम्झौता ।


१८) काठमाडौंको बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन, कवि, लेखक तथा संरक्षणकर्मीको सहभागिता ।


१९) बागलुङको गलकोट नगरपालिका फोहरलाई मोहर बनाउने अभियानमा, नकुहिने फोहरका लागि नगरद्वारा ‘रिसाइकल’ मेसिन खरिद ।

 

२०) रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेल प्रदेश २ को प्रदेश समन्वय परिषद्को सदस्य पदमा मनोनीत ।