close

फक्ताङलुङका ११ वटा विद्यालयमा शिक्षक नियुक्ति: गाउँपालिकाका नागरिकलाई पहिलो प्राथमिकता 

फक्ताङलुङका ११ वटा विद्यालयमा शिक्षक नियुक्ति: गाउँपालिकाका नागरिकलाई पहिलो प्राथमिकता 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाभित्रका ११ वटा सामुदायिक विद्यालयलाई गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक नियुक्तिका लागि अनुमति दिएको छ । 

 

गाउँपालिकाले ११ मध्ये एउटामा अंग्रेजी र अरू सबै विद्यालयमा गणित/विज्ञान विषयका शिक्षक नियुक्ति गर्न अनुमति दिएको पालिकाका शिक्षा अधिकृत जयप्रसाद रिजालले जानकारी दिए ।

 

उनका अनुसार रविकला मावि सावादिन र सुनदेवी मावि इखाबुलाई गणित, आर्दश मावि खेजेनिमलाई विज्ञान, खेजेनिम आधारभूत विद्यालय खेजेनिम, महेन्द्र आधारभूत विद्यालय र विजय आधारभूत विद्यालय लिङ्खिम, रानी आधारभूत विद्यालय र विपुधाप आधारभूत विद्यालय इखाबु र सरस्वती मावि तापेथोकलाई गणित÷विज्ञान विषयका शिक्षक नियुक्त गर्न पालिकाले अनुमति दिएको हो ।

 

यस्तै, सेवालुङ मावि इखाबुलाई विज्ञान र सरस्वति मावि तापेथोकलाई अंग्रेजी विषयका शिक्षक नियुक्त गर्नसमेत पालिकाको शिक्षा शाखाले अनुमति दिएको हो ।

 

पालिकाले २०७८ असार मसान्तसम्मका लागि करारमा शिक्षक नियुक्त गर्न बिद्यालयलाई अनुमति दिएको छ । पालिकाले स्थानीयलाई नियुक्तिमा प्राथमिकता दिने तयारीसमेत गरेको छ ।