close

माडीका जनप्रतिनिधि प्रचण्ड-नेपाल खेमामा

माडीका जनप्रतिनिधि प्रचण्ड-नेपाल खेमामा

Trulli
ADVERTISEMENT

चितवन(माडी)- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि सो पार्टीबाट निर्वाचित माडी नगरपालिकाका अधिकांश जनप्रतिनिधि पनि विभाजित भएका छन् ।


माडीका वडाध्यक्षमध्ये नगर कार्यपालिका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का वडाध्यक्ष शिवहरि सुवेदी प्रधानमन्त्री केपी ओली पक्षीय नेकपामा आबद्ध भएका छन् ।

 

वडा नम्बर ६ का वडाध्यक्ष भरतबहादुर गुरुङ भने हालसम्म नेकपाका कुनै पनि खेमामा जोडिएका छैनन् ।

 

वडा नम्बर ८ का कृष्णराज अधिकारी, वडा नम्बर ७ का बालकृष्ण सापकोटा, वडा नम्बर ५ का रामबन्धु पोखरेल, वडा नम्बर ४ का चन्द्रदीप महतो, वडा नम्बर ३ का पुरन महतो र वडा नम्बर २ का ईश्वरीप्रसाद ढकाल पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपामा देखिएका छन् ।

 

माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल सुरुबाटै प्रचण्ड–नेपाल खेमामा उभिएका छन् भने उपप्रमुख ताराकुमारी काजी महतो पछिल्लो समयमा सोही समूहमा लागेकी छन् ।